
लाहोर (खेलाडी न्युज) – लगातार दोस्रो हारसँगै पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको सेमिफाईनल प्रवेश गर्ने सम्भवाना कमजोर बनेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएपछि सेमिफाईनलको सम्भावना कठिन बन्न पुगेको हो ।
टस हारेर नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । महमुद रशिदले अविजित ६० रनको पारी खेल्दै बंगलादेशलाई जित दिलाएका थिए । उनी ‘म्यान अफ द म्याच’समेत घोषित भए ।
ब्याटिङमा खराब सुरुआतको बावजुद नेपालका मिडल अर्डरले पारी सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । तर, दोस्रो इनिङ्समा बलरले सुरुआती लयलाई निरन्तरता दिन नसक्दा नेपाल हार्न पुगेको हो ।
रशिदले असिकर रहमानसँग छैटौँ विकेटको लागि ९१ रनको बलियो साझेदारी गर्दै बंगलादेशको जितको आधार तय गरेका थिए । दुर्गादत्त पौडेलको बलमा बोल्ड आउट हुनुअघि रहमानले ४५ रनको महत्वपुर्ण योगदान दिए । बंगलादेशको २०.२ ओभरमा १२३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रशिदले पारी सम्हालेका थिए ।
नेपालका बलरले उत्कृष्ट सुरुआत गरे पनि सो लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट फुस्किएको थियो । अब्दुल मल्लीकले ३८ रन र अब्दुल्लाह जोब्बीरले २६ रनको योगदान दिएका थिए । उसका ओपनर अरिफ उल्लाहलाई ४ रनमै नेपालका बलर खिमानन्द गैरले आउट गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । राउन्ड रोविन लिगको आधारमा हुने विश्वकपमा लगातार दोस्रो हारसँग नेपालको सेमिफाइनलमा यात्रा कठिन भएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…