
धन बस्नेत,पोखरा, २६ पुस- पोखरामा शुरु भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान भएका छन् । दुवै किर्तिमान भने महिला खेलाडीहरुले राखेका छन् । छुट्टाछुट्टै तौल समूहमा नेपाल पुलिस क्लब र नेपाल आर्मीका खेलाडीले राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । संगीता राईले ४८ केजी तौलमा राष्ट्रिय किर्तिमान राख्दा ५३ केजी तौलमा नेपाल आर्मीकी सन्जु चौधरीले आफनै नाममा रहेको किर्तिमानलाई भंग गर्दै नयाँ किर्तिमान कायम गरेकी हुन् । राईले ४८ केजी तौल समूहमा राईले क्लिन एण्ड जर्कमा ६६ केजी भार बहनका साथ निता थापाको नाममा रहेको किर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । निताले २०६२ सालमा विरगंजमा आयोजना भएको राधिका स्मृती कपमा राखेको ६५ केजी तौललाई भंग गर्दै राष्ट्रिय किर्तिमान राखेकी हुन । उनले स्न्याच तर्फ ५२ केजी भारका साथ कुलमा ११८ केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् ।
पोखराको उद्योग वाणिज्य संघको हलमा भएको प्रतियोगितामा ५३ केजी तौलमा सन्जु चौधरीले आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गरिन् । उनले स्नाचमा २०१७ मा कोरियामा सम्पन्न एशियन क्लब तथा एशिया कपमा राखेको ६१ केजी तौललाई सुधार गर्दै ६३ केजी भार बहन गर्दै स्वर्ण पाईन् । यस्तै उनले क्लिन एण्ड जर्कमा ८२ केजी भार बहन गर्दै सुनिललाल जोशी स्मृती कप २०७४ मा राखेको ८१ केजीलाई सुधार गर्दै अर्को किर्तिमान राखिन । यस्तै उनले कुलमा पनि कोरियामा राखेको १४० केजीमा सुधार गर्दै १४५ केजीका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा नेपाल प्रहरीकी देवी कुमारी चौधरी रहिन उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ७५ र कुलमा १३७ केजीका साथ रजत र सप्तरीकी काजल यादवले स्नाचमा ४५, क्लिन एण्ड जर्कमा ५० र कुलमा ९५ केजी भार बहनका साथ कास्य पाईन् । महिलाकै ५८ केजी तौलमा सेनाकी कमला श्रेष्ठले स्नाचमा ६५ केजी भार बहन गरिन् । उनले क्लिन एण्ड ८६ केजीका साथ नयाँ राष्ट्रिय किर्तिमान राखिन् । उनले ललितपुरमा सम्पन्न एशियन युथ तथा जुनियर च्याम्पियनसिपम ८५ केजीको किर्तिमान राखेकी थिईन् । उनले कुलमा पनि १५१ केजीका साथ स्वर्ण पाईन् ।
यस्तै पुरुष तर्फको ५२ केजी तौलमा प्रहरीका गणेश रानाभाटले स्वर्ण प्राप्त गरे । उनले स्नाचमा ६७ केजी र क्लिन एण्ड जर्कमा ८२ गरि कुल १४९ केजी भार बहन गर्दै स्वर्ण पाए । त्यस्तै सप्तरीका लालबाबु पासवानले स्नाचमा ६५ र क्लिन एण्ड जर्कमा ८१ ग्रि कुल १४६ केजीका साथ रजत र सिराहाका बच्चुलाल चौधरीले स्नाचमा ६० र क्लिनमा ६६ केजीका साथ कुल १२६ केजीका साथ कास्य पाए । पुरुषकै ५६ केजीमा सेनाका तुलाराम महतोले स्नाचमा ८३ केजी र कुलमा १७९ केजीका साथ स्वर्ण पाए । उनले क्लिनमा ९६ केजी भार बहन गर्दै रजतमा चित्त बुभाए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…