
खेलाडी न्युज,पोखरा, २७ पुस- माघे संक्रान्तिको अवसरमा तनहुँको भिमादमा क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । युवा क्लब भिमादको आयोजनामा माघ १ गतेदेखि हुने तेस्रो भिमाद कप फुटबल प्रतियोगितामा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पोखरामा आयोजना हुने आहा रारा गोल्डकप पछिको प्रदेश नं ४ कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको आवश्यक तयारी पुरा भएको प्रतियोगिता संयोजक एवं क्लबका पुर्व सदस्य विश्व सुवेदीले बताए ।
प्रतियोगितामा काठमाडौंबाट ब्वाईज युनियन, स्वयंभु क्लब, झापा ११, पोखरा ११, हेमजा(पोखरा), नेपाली सेनाको खैरेनी व्यारेक, दमौली, दुलेगौडा, बेल चौतारा र आयोजक युवा क्बल भिमादको दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित कप पाउने छ । उपविजेताले भने एकलाख ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राईकर र सर्वाधिक गोलकर्तालाई जनही १०÷१० हजार नगदबाट सम्मानित गरिने छ । प्रतियोगिताको लागि २५ लाख खर्च हुने अनुमान गरिएको छ । विदेशमा भएका भिमादबासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । स्थानीयस्तरबाट समेत सहयोग प्राप्त भएको समेत उनको भनाई थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…