
पोखरा, २७ पुस- पोखरा रंगशालाका दुई प्यारापिट भत्काईएको छ । प्यारापिट भत्काईरहदाँ सहारा क्लबले भने आहा राराको १६ औं सस्करणलाई रंगशालाको फुटबल मैदानमा गर्ने अन्तिम तयारी गरिरहेको छ । मैदानमा नियमित पानी व्यवस्थापन गर्ने धुलो मार्ने काम गरेको छ । दुबो उमार्ने प्रयासरत छ । खेलाडीहरु पनि नियमित प्रशिक्षण गर्दै शाख जोगाउन उद्दत छन् ।
प्यारापिट नभएकै समयमा क्लबले पुरस्कार राशीमा बृद्धि गरेको छ । खर्च बढ्छ । तर पनि प्रतिष्ठा जोगाउनुपर्ने जिम्मेवारी पनि क्लबले जनाईरहेको छ । प्रतिष्ठा जोगाउनकै लागि भएपनि दर्शकलाई फुटबलबाट मनोरन्जन प्रदान गर्न अस्थायी फोल्डिङ प्यारापिट बनाउने उदघोष गरेको छ । टिनको बारबार लगाउँदा अर्को खर्च समेत थपिदैं छ ।
खर्च बृद्धिसँगै दर्शकलाई मनोरन्जनसँगै भाग्यमानी दर्शकले समेत टिभी र स्कुटर चढ्ने अवसर सहारा क्लबले प्रदान गर्दै छ । १६औं सस्करणको पुरस्कार राशीमा बृद्धि गर्दा भाग्यमानी दर्शकले पनि स्कुटर पाउने छन् । गोल्डकपको स्तरीयतासँगै पुरस्कार राशी बृद्धि गर्दै भाग्यमानी दर्शकले यो वर्ष स्कुटर प्रदान गर्ने निर्णयमा सहारा क्लब पुगेको हो । अर्को भाग्यमानी दर्शकले भने टेलिभिजन पाउने छन् । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार १६ औं सस्करणमा दुई भाग्यमानी दर्शकले स्कुटर र टिभी पाउने छन् ।
मोसफलमा रहेर फुटबल विकासमा महत्वपूर्ण योगदान दिदैं आएको सहारा क्लबले १६ औं सस्करण विजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गर्ने छ । जुन अघिल्लो वर्षको भन्दा २ लाख रुपैयाँ बढी हो । उपविजेताले तीन लाख ५१ हजार रुपैयाँ पाउने छ । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितालाई प्रायोजित रकम समेत बढाएको छ ।
सहारा क्लब अष्ट्रेलियाले दोस्रो पुरस्कार प्रायोजन गरेको छ । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले उत्कृष्ठ पाँच विधाको पुरस्कार प्रायोजन गरेको छ । हिरो ड्यासले सर्वोत्कृष्ठ पुरस्कार स्वरुप स्कुटर प्रदान गर्ने छ । सनराईज ड्राइभिङ स्कुल प्रालिले सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन गरेको छ । प्रदेश सांसद राजीव गुरुङ(दिपक मनाङ्गे)ले प्रतियोगितालाई ५० हजार आर्थिक सहयोग गरेका छन् ।
माघ ९ गतेदेखि हुने गोल्डकपमा तीन विभागिय, दुई विदेशी र ए डिभिजनका क्लब, मोफसलको तीन र आयोजक क्लब गरी १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, धरान फुटबल क्लब, सुदुर पश्चिम ११ स्पोर्टिङ क्बल, युनाईटेड सिक्किम भारत,उत्तर बरिन्धरा क्लब बंगलादेश, रमपम झापा ११ र आयोजक सहारा क्लबले सहभागिता जनाउने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…