
पोखरा, २७ पुस
बगर भाइखलक बगरले आउँदो माघ २ गतेदेखि रन्जित गुरुङ स्मृति अन्तराष्ट्रिय एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता गर्ने भएको छ । अग्रज फुटबलर गुरुङको सम्झनामा आयोजित ४० वर्षमाथिको उमेर समूहको प्रतियोगितालाई सफल पार्न आवश्यक तयारीलाई अन्तिम रुप दिइएको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताको लागि पुरस्कार प्रायोजन भने व्यक्तिगत गरिदिएका छन् । प्रथम पुरस्कार एकलाख नगदराशी रहेको छ । जसको प्रायोजन पोखरा लेखनाथ महागरपालिका १ बगर निवासी इन्द्र गुरुङले गरिदिएको बगर भाइखलकका महासचिव यामबहादुर गुरुङले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार दोस्रो पुरस्कार राशी ५० हजार रहेको छ । उक्त पुरस्कार राशीलाई पोखरा लेखनाथ महानगरपालिका ११ निवासी केसुबा गुरुङको सम्झनामा नाति अमितजोन गुरुङले हस्तान्तरण गरेका हुन् ।
अन्तराष्ट्रिय प्रतियोगितामा दुई भारतीय टोली, एक बेलायती टोली र अन्य नेपालको गरी २२ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा जेष्ठ खेलाडीलाई सम्मान गरिने छ । माघ २ देखि ७ गतेसम्म पोखराको टुडिखेल मैदानमा हुने प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीलाई ट्रफी सहित नगद ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । आयोजनाको लागि बगर भाइखलकले १३ लाख खर्च हुने अनुमान गरेको छ । पत्रकार सम्मेलन बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…