
धन बस्नेत,पोखरा , २८ पुस – नेपाली सेनाका दिनेश श्रेष्ठले १०५ केजी तौलसमूहको प्रतिस्पर्धामा राष्ट्रिय किर्तिमान कायम गरेका छन् । उनले १९वर्ष अघिको राष्ट्रिय किर्तिमानलाई भंग गर्दै स्नाच तर्फ १२१ केजी तौल उठाउँदै किर्तिमान राखेका छन् । पोखरामा आयोजित राखेप च्याम्पियनसिपन अन्तर्गत भारोत्तोलन प्रतियोगिताको अन्तिम दिन शुक्रबार १९ वर्ष अघि आठौं साग गेममा मदन शिवभक्तले स्नाचमा राखेको १२० केजी भारको किर्तिमानलाई ओझेलमा राखिदिए ।
त्यसैगरी १०५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा पनि नेपाली सेनाकै पुकार गुरुङले आफै किर्तिमान सुधार गर्दै नयाँ कायम गरे । उनले स्नाचमा १२४ केजी तौलको रेकर्डलाई पोखरामा भंग गर्दै १२५ केजी भार उठाएर नयाँ किर्तिमान कायम गरे ।
१०५ केजी तौल समूहको प्रतिस्पर्धामा श्रेष्ठले क्लिनमा पनि १४० केजी भार उठाएर स्वर्णमा नाम लेखाए । सन्देश गुरुङले रजत पदक जित्दा स्नाचमा १०० र क्लिनमा १३२ केजी भार उठाए । उनले समग्रमा २३२ केजी भार बहन गरेका हुन् । महमद आसिक हुसेन, ८८ र १०५ केजी उठाएर कास्य पदकमा चित्त बुझाए ।
१०५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा पुकार गुरुङले क्लिनमा १४० केजी भार उठाए । स्नाचमा तेस्रो स्थानमा रहेका सुभाष उपाध्यायले भने क्लिनमा १२० केजी भार उठाउँदै रजत जिते । स्नाचमा ९५ केजी उठाएर रजत जितेका राजीव महर्जनले भने क्लिनमा केवल ११८ केजी उठाएर कास्य पदकमा चिक्त बुझाए ।
यसैगरी ९४ केजी तौल समूहको प्रतिस्पर्धामा टहल बस्यालले स्नाचमा ९० र क्लिनमा १२७ तौल भार बहन गर्दै स्वर्ण पदक जित्न सफल भए । श्रीकृष्ण महर्जनले १०० र क्लिनमा ११०केजी उठाएर रजत तथा जयदी कोजु भक्तपुरका लिफ्टरले ८१ केजी स्नाचमा र ११० केजी क्लिन तर्फ उठाएर कास्य पदक जिते ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…