बार्सिलोना किंग्सकपको क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २८ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)-  सेल्टा विगोलाई पराजित गर्दै बार्सिलोना किग्स कप प्रतियोगिताको क्र्वाटफाईनलमा प्रवेश गरेको छ । पहिलोलेमा १—० र दोस्रो लेगमा ५—० गोल हुदैं समग्रमा बार्साले ६—० गोल अन्तरले पराजित गर्दै कपको अन्तिम आठमा प्रवेश गरेको हो ।

बार्साको लागि लेयोनेल मेसीले दुई गोल गरे । उनले खेलको १३ औं र १५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । मेसीले दुवै गोल अल्बाको पासमा गरेका थिए । २८ औं मिनेटमा मेसीको पासमा अल्बाले गोल थप्दै बार्सालाई ३—० को फराकिलो अन्तरमा पुर्याए । त्यसको तीन मिनेटमै लुईज स्वरेजले गोल गर्दै अन्तरलाई ४—० मा पुर्याए । दोस्रो हाफमा रिकीटिकीले गोल गरेपछि बार्सा फराकिलो अन्तरमा खेल टुग्यायो ।

लगातार गोलको दवाव खेपेको सेल्टा विगो खेलमा फर्किने सम्भावना पहिलो हाफमै कमजोर हुदैं गएको थियो । दोस्रो हाफमा बार्साले भरपर्दा डिफेन्स जेरार्ड पिकेलाई आराम दिएको थियो ।