
पोखरा, २९ पुस – १७ औं माछापुच्छ«े फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँतेको लागि जनकपुरबाट जुनियर टोली पोखरा आईपुगेको छ । माघे संक्रान्तिको अवसरमा आयोजित प्रतियोगिता आईतबार पोखरा रंगशालामा जुनियर तर्फको प्रतिस्पर्धा शुरु हुदैं छ । सिनियर तर्फको प्रतिस्पर्धा भने ढुंगे साँघुको मेलामा आयोजना हुने बुदोकाई कराँतेका पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदारले बताए ।
प्रतियोगितामा पोखरासँगै, जनकपुर, बझाङ, ललितपुर, सर्लाही, काठमाडौं, रुकुम लगायतका जिल्लाबाट खेलाडीहरु पोखरा आउने छन् । प्रशिक्षक निर्मल पहारीका अनुसार सिनियर तर्फको प्रतिस्पर्धाको लागि खेलाडीहरु आईतबारसम्म पोखरा आईपुग्ने छन् ।
आईएनएफ हरियो खर्क अस्पतालको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुने छ । पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५०, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने छ । आईतबार ३०, ३५, ४०, ४५, केजी तौलसम्मको प्रतिस्पर्धा हुने उनले बताए । महिला तर्फ ४०, ५० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने छ । उत्कृष्ठ खेलाडीलाई ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरा रंगशालामा रेफ्री रिफ्रेसमेन्ट तालिम गरिएको छ । वर्षेनी प्रतियोगिताको पुर्वसन्ध्यामा रेफ्री तालिम गर्दै आएको छ । बाहिरी जिल्लाबाट समेत निर्णायक पोखरा आउने छन् ।
कास्कीमा कराँतेका विभिन्न डोजोमा गरी चारसयभन्दा बढी खेलाडीहरु छन् । प्रतियोगिताको लागि क्षेत्रीय खेलकुद विकास समिति पोखराले २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रतियोगिताको लागि ६ लाख ९४ हजार खर्च हुने अनुमान गरिएको छ । ७ लाख ९८ हजार आम्दानीको लक्ष्य राखिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…