पाकिस्तान १८३ रनेल पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २९ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडीन्युज)-न्युजिल्याण्डले पाकिस्तानलाई तेस्रो एकदिवसिय खेलमा १८३ रनले पराजित गरेको छ । न्युजिल्याण्डले तयार पारेको २५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान भने सस्तैमा समेटियो । केवल ७४ रनमा समेटिदैं अलआउट भएपछि पाकिस्तान फराकिलो रनअन्तरले पराजित हुन पुग्यो । पाकिस्तानले तयार पारेको यो स्कोर वान डे इन्टरनेशनल(ओडिआई) मा सबैभन्दा कम स्कोर हो ।

टस जितेर व्याटिङ गरेको न्युजिल्याण्डका लागि चार व्याट्सम्यानले अर्धशतक पुरा गरेका छन् । विलियम्सले सर्वाधिक ७३ रनको योगदान दिदाँ टायलोरले ५२, मार्टिम गुप्टिलले ४५ रन, लाथमले ३५ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । विलियम्सले ७३ रन बनाउने क्रममा १०१ बल खेले । उनले सात चौका हिर्काए । टायलोरले ५२ रनमा खेलिरहदाँ उनलाई सब्दाब खानले एलबिडब्लुको शिकार बनाई पवेलियन पठाए । मार्टिन गुप्टिल रन आउट हुनु अघि ४५ रनमा खेलिरहेका थिए । उनले चार चौका र एक छक्का हिर्काए । त्यसैगरी लाथमले ३५ रन बनाए ।

लक्ष्य पछ्याएको पाकिस्तान ३२ रन बनाउँदा आठ विकेट गुमाएको थियो । पाकिस्तानले पहिलो पावर प्लेमा ३ विकेट केवल नौ रन बनाउँदा गुमाएको थियो । पाकिस्तानले ओपनर अजहर अलिलाई शून्य रनमै गुमाउन पुग्यो । बोल्टको बलिङमा टेलरले क्याचआउट गरे । फाकहर जमनलाई पनि पाकिस्तानले सस्तैमा गुमायो । केवल दुई रनमा खेलिरहँदा बोल्टले नै बोल्ड गरे । बाबर अजाम आठ रन, सर्फराज अहमद १४, रुमन रईन १६ र महोम्मद अमिर पनि १४ रन बनाई आउट भए । अन्य खेलाडीको नाममा दोहोरो अंकको स्कोर लेखिएन् । साउथीले सात ओभरमा तीन ओभर मेडन दिदैं १९ रन खर्चिए । बोल्टले केवल एक मेडन राख्दै १७ रन दिएरु सर्वाधिक पाँच विकेट लिए । मुनरो र फर्गुसनको नाममा दुई दुई विकेट लेखियो ।