
एजेन्सी(खेलाडीन्युज)-
यु- १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत जिम्बावेले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्यलाई जिम्बावेले विना विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । माड्हार्भरेले ४४ बलको सामना गर्दै सर्वाधिक ५३ रनको योगदान दिएपछि जिम्बावेले १४ ओभरमै पुरा गरेको थियो । उनलाई जी डोलाररले पनि ४० बलमा ४१ रन बनाउँदैसाथ दिएका थिए ।
टस जितेर व्याटिङ गरेको पपुवा न्युगिनीले आईजे महुरुले सर्वाधिक २६ रनको इनिङ खेलेका थिए । अल सामले २४ रन, एसएच अरुवाले १८ र एसके अताईले १४ रन बनाए । चार व्याट्सम्यान शून्य रनमा आउट भए । अलराउण्डर प्रदर्शन गर्ने क्रममा माड्हार्भरेले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चिएर ३ विकेट लिए । एम सुम्भाले दुई विकेट लिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…