माघ २ गते फुटबल संघको अधिवेशन, पाँच क्लबले पाएनन् मताधिकार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


धन बस्नेत,पोखरा, ३० पुस- चारवर्षे कार्यकालको लागि कास्की जिल्ला फुटबल संघको नेतृत्वको लिन आन्तरिक चलखेल शुरु भएको छ । बर्तमान कार्यसमितिका पदाधिकारी तथा पुर्व अध्यक्षहरु नेतृत्वको लागि छलफलमा जुटेका छन् । माघ २ गते संघको अघिवेशन गर्ने निर्णय संघको बैठकले गरिसकेको छ । माइन्युट समेत गरेर अखिल नेपाल फुटबल संघमा पठाईसकेका छन् । यसले पनि दुईदिनपछि फुटबलसंघको अधिवेशन हुने पक्का छ । नयाँ नेतृृत्वको लागि सर्वसम्मतको प्रयोस केहीहदसम्म गरिएपछि पछिल्लो घटनाक्रमले त्यो सम्भावना देखिदैन् ।

पोखराको फुटबल विकासको लागि भन्दै आयोजना गरिएको छलफलमा संघप्रति लक्षित गर्दै आरोप प्रत्यारोप नै भयो । संघले आयोजना गरेको फुटबलको आर्थिक पारदर्शिता नभएको सबैले गुनासो गरे । स्वयं बर्तमान कार्यसमितिका उपाध्यक्ष मिलन गुरुङले सबैखाले प्रतियोगिताको आयव्यय अडिट गरी राखिएपनि कार्यसमितिको बैठक बस्नै नसक्दा सार्वजनिक गर्न नसकिएको स्पष्ट पारे । उनको भनाई अनुसार संघ भन्दा बाहिर गएर हिसाबकिताब नदेखाउने र ऋण यतिउति छ भन्दै हिडेर समस्या समाधान हुदैन् । संघमा आवद्ध पदाधिकारी र सदस्यहरु स्वयं बसेर हिसाबकिताब गरी कति छ भन्ने बुझ्नुपर्ने उनको भनाई थियो ।

उपाध्यक्ष मिलन गुरुङले छलफलकै क्रममा कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उमेदवारीको घोषणा गरेका थिए । उनको घोषणसँगै फुटबल संघको अधिवेशन रौनकसँगै चलखेलमय बनेको छ । अन्य संघका पदाधिकारीले भने अध्यक्षको उमेदवारी घोषणा भने गरिसकेका छैनन् । यद्यपी माघ २ गते नै उदघोष गर्ने सम्भावना बढी छ । बर्तमान सचिव शिव गुरुङ(माया)ले अग्रजको नेतृत्वमा सर्वसम्मत नभए अध्यक्षमा आफु उठ्ने निकटस्थसँग सरसल्लाह गरिरहेका छन् ।

अधिवेशन नजिकिदै जादाँ संघमा २३ क्लब आवद्ध छन । आवद्ध मध्ये १८ क्लबले मात्रै अधिवेशनमा सहभागिता जनाई मताधिकारी प्रयोग गर्नपाउने छन् । संगम फुटबल क्लब, सहारा क्लब,ईन्द्रेणी क्लब, एलजी एशोसियसन, भ्याली स्पोर्टस क्लब, ड्यामसाईड क्लब, नवआर्दश क्लब, डेभिडफल्स, आदर्श क्लब, भदौरे, एपेक्स क्लब, गार्डेन फुटबल क्लब, शितलज्योति, नयाँगाउँ, नागढुंगा, हेमजा युनाईटेड, विष्णुपादुका, सत्ययुवा क्लब बाझापाटनले मताधिकार पाउने छन् । अमरसिंह ब्वाईज क्लब, रामघाट युथ क्लब, पोखरा फुटबल क्लब, फुलबारी क्लब, लेकसाईड क्लब मताधिकार पाउने छैनन् । ती क्लबले पछिल्लो दुईवर्ष कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगितामा सहभागिता जनाएन् । एन्फाको नियमानुसार पछिल्लो दुई लिग नखेल्ने क्लबलाई अधिवेशनमा समावेश र मताधिकार नदिने निर्णयसहितको निर्देशन गरेको छ ।

सर्वसम्मतको लागि पुर्व अध्यक्ष खेमबहादुर गुरुङ र बलराम स्मृति प्रतिष्ठानका अध्यक्ष टिका कार्कीलाई अध्यक्ष दिने विषयमा पनि छलफल छ । सर्वसम्मत पाए दुवैले अध्यक्षको सपथ लिदै. कास्की जिल्ला फुटबल संघलाई कायापलट गर्ने दावी गरिरहेका छन् ।