यु—१९ विश्वकप क्रिकेट, श्रीलंका र दक्षिण अफ्रिकाको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यु १९ विश्वकप क्रिकेट अन्तर्गत श्रींलकाले आयरल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डको वाङगेरेइ स्टेडियममा भएको खेलमा टस जितेर व्याटिङ रोजेको आयरल्याण्डले आठ विकेटको क्षतिमा २०७ रनको योगफल तयार पारेको थियो ।
जे ग्रासीले ११७ बल खेल्दै सात चौका र एक छक्कासँगै ७५ रन बनाई ठोस इनिङ खेले । त्यसैगरी एम डोनेगनले ५३ बल खेलेर ३६ रन बनाई आउट भए । जे लिटलले २५, एस मर्फीले १५,जी केन्नेडीले १३ रन हिर्काए । अन्य व्याट्सम्यानको दोहोरो अंकको रन बनेन् । पिएचकेडी मेन्डीसले १० ओभर बलिङ गर्दै एक मेडन राख्दै ३५ रन दिएर आयरल्याण्डको महत्वपूर्ण ३ विकेट लिए । त्यसैगरी एलएन मालिङ्गा र जेकेसी डानियलले समान एक एक विकेट लिएका थिए ।
२०८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३७ ओभर ३ बल खेल्दै पुरा गरेको थियो । केवल तीन विकेटको क्षतिमा लक्ष्य पुरा गर्ने क्रममा डी लक्सानले १२० बल खेल्दै शतक पुरा गरे । उनले आठ चौका र एक छक्का हिर्काउँदै १०१ रनको महत्वपूर्ण योगदान दिएपछि जितको आधार तयार भएको थियो । त्यसैगरी कप्तान मेन्डीसले अर्धशतक पुरा गर्ने क्रममा ७३ बल खेले । उनले ७४ रन बनाउँदै नटआउट रहँदै इनिङ टुग्याँए । लक्सान र मेन्डीसले इनिङ सम्हाल्दै नटआउट खेल्दै जित निकाले । ए काउलेले छ ओभरमा २६ रन दिएर दुई विकेट लिए ।
यसैगरी समूह ए अन्तर्गत न्युजिल्याण्डको लिंकन दक्षिण अफ्रिकाले केन्यलाई फराकिलो रनको जित निकालेको छ । टस जितेर व्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३४१ रनको विशाल योगफल लक्ष्यको रुपमा प्रस्तुत गर्यो । कप्तान आर भन टन्डरले १४ चौका र ५ छक्का हिर्काउँदै १२१ बल खेलेर १४३ रन बनाएका थिए । उनको यो दक्षिण अफ्रिका एबी डी भिलियर्सले १५ वर्ष अघि बनाएको रनको रेकर्ड हो । त्यसैगरी जे पिल्लेले पनि अर्धशतक पारी खेले । उनले सात चौका र एक छक्काको सहयोगमा ६२ रन बनाए । जी कोट्जीले ३६, एच रोल्फस र जे डी क्लर्कले २८ रन बनाए । जेएस कुण्डी र जेआर मेपानीले दुई दुई विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको केन्या भने सस्तैमा समेटिने क्रममा केवल १७२ रन बनायो । जेएस कुण्डीले ४१, एपी हिरानीले ३५,एसआर बुडियाले १९, टिओ ओचिङले १८ र आर वेरेले १२ रन बनाए । अन्य व्याट्सम्यानको रन दोहोरो अंकमा लेखिएन् । के टी स्मिथ र ए मन्यकाले दुई दुई विकेट लिएका थिए । खेलको म्या अफ दि म्याच भने दक्षिण अफ्रिकाका टन्डर बने ।                              एजेन्सीको सहयोगमा