दक्षिण एशियाली सेभेन ए साईडबाट माल्दिभ्स बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


पोखरा, ३० पुस- नेपाल सेभेन ए साइड फेडेरेशनको आयोजनामा आईतबार फेवाताल किनार बाराही घाटमा भएको दोस्रो दिनको खेलमा पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ । पराजितसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमै पाकिस्तानले माल्दिभ्स विरुद्ध गोल गर्यो । खेलको २२ औं मिनेटमा समीले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पाकिस्तानलाई २—० गोलको अग्रता कायम दिलाए । वालिदले सेकेण्ड बार च्याप्दै गोल गरेका थिए ।

पहिलो हाफमा पछि परेको माल्दिभ्सले दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं खेलको ३३ औं मिनेटमा गोल फर्काए । बी जोनले गोल गर्र्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिस गरेपनि सम्भव भएन् । पराजयसँग प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । प्रतियोगितालाई प्रभु मनि ट्रान्सफर, माछापुच्छ«ृे ब्रिक फ्यान्ट्री प्रालि, दीप हाउजिङ, गोर्खा ब्रुअरीको उत्पादन सानमिगेल वियर र रेडबुलले प्रायोजन गरेका छन् ।