
पोखरा, ३० पुस- पोखरा रंगशालामा आईतबारदेखि क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु भएको छ । ढुंगे साँघुको मेलामा हुने फाईनल खेलको पुर्व सन्ध्यमा आयोजित प्रतियोगितामा एकसय ७० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका छन् ।
१७ औं माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँते अन्तर्गत पुरुष तर्फ ४० केजी तौल समूहमा रोचक सेट्टीले अभिषेक बानियालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका छन् । उनले बानियालाई नकाउट गरेका हुन् । त्यसैगरी मोहमद अफताप खाँले असिम गोर्खालाई पराजित गरे । फाईनल प्रवेशको लागि सेट्टीले खाँसित प्रतिस्पर्धा गर्ने छन् । श्रवण कुमार यादवले सुदिप पौडेललाई नकाउट हिर्काए । उनले अब फाईनल प्रवेशको लागि युवराज गुरुङसित भिड्ने छन् । युवराजले भने बाई पाएका हुन् ।
प्रतियोगिताको लागि पोखरासँगै, जनकपुर, बझाङ, ललितपुर, सर्लाही, काठमाडौं, रुकुम तथा नेपाली सेनाका खेलाडी सहभागि छन् । आईएनएफ हरियो खर्क अस्पतालको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ११ तौल समूहमामा भिड्ने छन् । पहिलो दिन विभिन्न ४५ केजी तौलसमूहसम्म प्रतिस्पर्धा गराईएको थियो । पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५०, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ ४०, ५० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने छ । सेमिफाईनल र फाईनल खेल भने ढुंगेसाँघुको मेलामा खेलाईने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…