
पोखरा ३० पुस । कास्की जिल्ला हकी संघको अध्यक्षमा दानबहादुर बस्नेचत चयन भएका छन् । पोखरामा सम्पन्न अधिवेशनले चार वर्षेका लागी नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षत्रयमा ज्ञानु परियार, ममता कार्की, अनिलविक्रम खाँड, महासचिवमा एकराज गिरी, सचिवमा भरत थापा, सहसचिवमा विजय कुमार नेपाल, कोषाध्यक्षमा मनोजकुमार भटराई र सहकोषाध्यक्षमा संजय आले चयन भएका छन् ।
संघको सदस्यमा विजयकुमार नेपाल, शंकर नेपाली, डेसन गुरुङ र सागर खाँड, सरोज पौडेल चयन भएका छन् । अधिवेशन हंकी संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले हकी खेलको विकासमा नयाँ टिमले अझै राम्रो काम गर्ने विश्वास ब्यक्त गरे ।
अध्यक्ष दानबहादुर बस्नेतले हकी खेलको विकासका लागि चार वर्षमा नयाँ जोश र जागरका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । पोखरामा हकीको पूर्वाधार र प्रशिक्षको अभावमा खेलले गति लिन नसकेको बताउदै त्यसका लागी पहल गरिने अध्यक्ष बस्नेतले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…