
पोखरा (खेलाडी न्युज) – विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबले खप्तड गोल्डकपको उपाधिको लागि अर्को विभागीय टोली नेपाल आर्मी क्लबसित भिडने पक्का भएको छ । दोस्रो सेमिफाईनलमा नेपाल एपीएफ क्लबले आयोजक सुदुर पश्चिम ११ लाई २—० गोल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
खेलको ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले फिनिसिङ टच दिए । खेलको ७७ औं मिनेटमा नवीन लामाले एपिएफको अग्रता दोब्बर गरे । त्यसको ९ मिनेट पछि उनै नवीनको बक्स भित्रबाटको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलमा थपिएको ११ मिनेटको इन्जुरी समयमा घरेलु टोलीले गोल गर्ने प्रयास गरेपनि सफल भएन । गोलरहित पहिलो हाफमा भने दुवै टोलीले सशक्त प्रयास गर्न सकेका थिएनन ।
नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा दुई वभागीय टोलीको प्रतिस्पर्धा हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…