
पोखरा ३० पुस । पश्चिमाञ्चल हकी टोलीलाई आईतबार विदाई गरिएको छ । राखेप च्याम्पियसिप २०७४ अन्र्तगत हेटौडामा हुने प्रतियोगिताको लागि आईतबार क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदार लगायतले बिदाई गरेका हुन् । १९ औ पुरुष तथा दोश्रो महिला राष्ट्रिय हकी प्रतियोगितामा सहभागी खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले सवै खेलमा पश्चिमाञ्चलको प्रर्दशन राम्रो रहेको बताउदै हकीले पनि यस क्षेत्रको इज्जत र प्रतिष्ठा पठाउने गरि खेल प्रर्दशन गर्ने अपेक्षा गरे । खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले खेलाडीहरुले अनुशासित भएर खेल प्रर्दशन गर्न आग्रह गदै पदक जितेर फर्किन शुभकामन दिए ।
माघ १ देखि ६ गतेसम्म हेटौडामा हुने प्रतियोगितामा पुरुष र महिला दुवै तर्पm पाँच विकास क्षेत्र र आर्मीको एक टोली गरि ६÷६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…