राखेप च्याम्पियनको लागि तेक्वान्दो खेलाडी छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


पोखरा, ३० पुस – राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने तेक्वान्दो प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय टोली छनोट गरिएको छ । पोखरामा आईतबार सम्पन्न छनोट प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट सहभागि खेलाडीहरुको सहभागितामा छनोट गरिएको थियो । छनोट भएका खेलाडीहरु राखेप च्याम्पियन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने छन् ।
पुरुष तर्फ ५४ केजी तौल समूहमा रुपन्देहीका नवराज बस्नेत प्रथम, बाग्लुङका तार्जन कायत मगर दोस्रो भएका छन् । ५८ केजी तौल समूहको प्रतिस्पर्धामा भने कास्कीका किरण गुरुङ प्रथम, नवलपुरका विकल्प थापा दोस्रो भए । ६३ केजी तौल समूहमा पर्वतका सुजन केसी प्रथम, रुपन्देहीका महोम्मद रफीक दोस्रो भए । ६८ केजी तौलको भिडन्तमा रुपन्देहीका आदर्श गौतम प्रथम भए । म्याग्दीका राजकुमार परियार दोस्रो भएका छन् ।
७४ केजी तौल समूहको प्रतिस्पर्धामा पर्वतका ईश्वर नेपाली, ८० केजी तौल समूहमा रुपन्देहीका अनुकित गुरुङ प्रथम र नवलपरासीका नविन गुरुङ दोस्रो भए । महिला तर्फको ४६ केजी तौलमा रुपन्देहीकी सरिता श्रेष्ठ प्रथम स्थान हासिल गर्दा गुल्मीकी दिपा पुन दोस्रो भईन् ।
४९ केजी तौलमा रुपन्देहीकी प्रशंसा क्षत्री, म्याग्दीकी रश्मी श्रेष्ठ क्रमश प्रथम र दोस्रो भए । ५२ केजी तौलमा कास्कीकी स्नेहा परियार, रुपन्देहीकी अनु नेपाली दोस्रो बनिन् । ५७ केजी तौल तर्फको प्रतिस्पर्धामा गुल्मीकी सपना सारुले प्रथम स्थान हासिल गरिन् । बाग्लुङकी करिष्मा सुनार दोस्रो बन्न सफल भईन् । ६२ केजी तौल समूहमा रुपन्देहीकी एलिशा केसी र म्याग्दीकी ममता गर्वजा दोस्रो बनिन् ।
यसैगरी १६ वष्र्वा मुनिको पुम्से तर्फको प्रतिस्पर्धामा निशानप्रसाद भुषाल, २० वर्ष मुनिको प्रज्वल कर्माचार्य, २० वर्ष माथिको पुम्से तर्फ तिलम सिउहानी मगर, मुस्कान पुन, अमृता कुमाल र रेखमाया गुरुङ छनोट भएका छन् । छनोट प्रतियोगितामा विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, तेक्वान्दो संघ कास्कीको अध्यक्ष जगन गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।