
पोखरा (खेलाडी न्युज) -पेनाल्टीमा पराजित गर्दै नेपाल आर्मीले सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधि उचाल्दा शसस्त्र प्रहरी बल उपविजेतामा सीमित हुन पुग्यो । माघे संक्रान्तिको दिन सोमबार आर्मीले पेनाल्टीमा शसस्त्रलाई ५—४ गोलमा पराजित गर्दै ११ लाख ११ हजार १११ रुपैयाँको उपाधि रक्षा गर्यो । आर्मीको यो वर्षको चौथो उपाधि पनि हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको शसस्त्र प्रहरी बलले आफनो छविलाई वर्षदिनपछि दोहोर्याउन सकेन् ।
गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टीमा पुगेको थियो । निर्धारित समय गोलरहित सकिएपछि खेल पेनाल्टी सुटआउटमा गरियो । एपिएफका सुदिप शिख्राकार आफ्नो पेनाल्टीमा चुक्दा आर्मीले सुदुर पश्चिम खप्तड गोल्डकपको पहिलो संस्करण आफनो नाममा लेखायो । गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । त्यस्तै वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि आर्मीले नै हात पारेको थियो ।
आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले पेनाल्टि परिणत गरेका थिए । एपिएफका पनि अन्जन विष्ट, नविन लामा,पासाङ लामा र रन्जन विष्टले आआफ्नो पेनाल्टी परिणत नै गरेका थिए ।
दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका थिएनन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफका लागि टोलीलाई अग्रता दिलाउने मौका गुमाएका पनि थिए । यस जितसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेको छ तथा दोस्रो हुने एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि आर्मीका भरत खवासले जिते । उनले यामाहको मोटरसाइकल पनि हात पारे ।
अन्जन विष्ट (एपिएफ) – उत्कृष्ट स्ट्राइकर
टोप विष्ट (एपिएफ) – उत्कृष्ट डिफेन्डर
विकेश कुथु (आर्मी) – उत्कृष्ट किपर
सन्तोष तामाङ (आर्मी) – उत्कृष्ट मिडफिल्डर
अमानत सिहं (सुदुरपश्चिम) – उदयमान खेलाडि
नवयुग श्रेष्ठ (आर्मी) – फाइनलका म्यान अफ द म्याच


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…