
धन बस्नेत, पोखरा १ माघ – कास्की जिल्ला फुटबल संघको अधिवेशनको पुर्व सन्ध्यामा सर्वसम्मत रुपमा कार्यसमिति बनाउने प्रयास असफल भएको छ । अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईको पहलमा गरेको प्रयास अन्तत असफल भएको छ । संघका आवद्ध फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा गरिएको प्रयास विफल हुदैं निर्वाचन मै जाने निर्णयमा पुगेको छ ।
कास्की जिल्ला फुटबल संघ ऋणमा चुर्लुम्म परेको छ । अधिवेशन पुर्व सन्धयमा ऋण नयाँ कार्यसमितिले सकार्ने वा पुरानै समितिले तिर्ने भन्ने विषयमा चर्को बहस चल्यो । छलफलमा उपस्थित क्लबका पदाधिकारीहरुले हिसाबकिताब चित्त बुझ्दोसहितको आर्थिक प्रतिवेदन देखिएन भने पास नहुने स्पष्ट समेत पारिदिए । यसले संघको अधिवेशन सम्पन्न हुनेमा आंशका प्रष्टिएको छ ।
क्लबले पाँचौ सस्करणको मनकामना केवलकार पोखरा कपदेखि आयव्यय सार्वजनिक हुन सकेको छैन् । क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता तथा कोकाकोला कपसम्मको आयव्यय विवरण संघमा आवद्ध क्लबले जानकारी नै नभएको गुनासो गरे । संघको आर्थिक प्रतिवेदन अनुसार ७ लाख ४४ हजार रुपैयाँ ऋण छ ।
संघका बर्तमान उपाध्यक्ष मिलन गुरुङले पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङ र सल्लाहाकार टिका कार्कीलाई अध्यक्ष स्वीकार गर्न सकेनन् । उनी दुवैको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत गर्ने प्रयास गरिएको थियो । तर उपाध्यक्ष गुरुङले आफुलाई अस्वीकार्य भएको बताउँदै कुनैपनि हालतमा निर्वाचनमा जाने अठोट लिए । उपमहासचिव भट्टराईका अनुसार उनको अठोटले निर्वाचनमा जाने छलफलको निष्कर्ष थियो । बन्द सत्रमा सचिव र
कोषाध्यक्षको प्रतिवेदन पास हुने र नहुने विषय निकै चासोका विषय बनेको छ ।
‘संघको छविलाई गर्विलो बनाउनु हाम्रो दायित्व हो । संघमा सबै सक्षम छन् । तर अग्रजलाई नेतृत्व दिई काम गर्नुपर्छ भन्ने मान्यता हो ।’ भट्टराईको भनाई थियो । कास्की जिल्ला फुटबल संघको यो दुराबस्थाको जड उपाध्यक्ष मिलन गुरुङलाई नै ठहर्याएका छन् । यद्यपी उनी संघको नेतृत्व लिन निर्वाचनमा जाने स्पष्ट पारिसकेका छन् । ‘निर्वाचनमा हार्छु या जित्छु त्यो सरोकारको विषय होईन तर निर्वाचनमा जानुपर्छ ।’ उलने सोमबारको छलफलमा भने ।
कार्यसमितिमा व्यक्तिगत ईगोपनको हावी देखिएको छ । एकले अर्काको अस्थित्व स्वीकार गर्न नसक्दा ऋणको खाडलमा संघ पुग्यो । त्यसको जस र अपजस संघको अध्यक्ष धरमबहादुर लामिछाने, उपाध्यक्ष मिलन गुरुङ, अर्का उपाध्यक्ष कुमार गुरुङ, सचिव शिव गुरुङ(माया) र कोषाध्यक्ष हिटलर घलेले लिनुपर्छ । संघको मंगलबार सातौं अधिवेशन सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा हुदैं छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…