एट ए साइड फुटबल शुरु, प्रशिक्षक डम्बर गुरुङ सम्मानित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७४ मा प्रकाशित


पोखरा, २ माघ- पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकको आयोजनामा बगरस्थिट टुडिखेलमा एट ए साइड फुटबल प्रतियोगिता शुरु भएको छच । ‘साँतौ रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा फ्रिडम फाइटर काठमाण्डै बिजयी भएको छ । फ्रिडमले बुटबल सोसाइटिलाई १–० गोलले बिजयी हासिल गरेको हो । उक्त खेलमा फ्रिडमका बिजय गुरुङ म्यान अफ दि म्याच घोषित भए ।त्यसै गरि दोश्रो खेलमा बुटवल भेट्रानले हेम्जा भेट्रान संग ३–१ गोल नतिजा निकालेको छ । बुटवलका सञ्जय श्रेष्ठले २ गोल गरे भने शेर बहादुर गुरुङले एक गोल गरे । हेम्जामा तर्फ बाट एक मात्र गोल सन्तमा श्रेष्ठले फर्काए । खेलमा वुटबलका सञ्जय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

यसै गरि सम्पन्न तेश्रो खेलमा आयोजक बगर भाइ खलकलाई एबिसी पोखराले स्तव्ध पा¥यो । बगर भाइ खलक ५–२ ले पराजित भयो । एबिसीका लागि ह्याट्रिक गरेका सञ्जय गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
यस अघि प्रतियोगिताको उदघाटन गर्दै बेलायती सेनाका गोर्खा मेजर तथा तमु पेलु संघ युकेका अध्यक्ष खुसीमान गुरुङले बगर भाइ खलकले खेलको बिकास एवम विस्तारका लागि गरेको कार्य स¥हानिय रहेको बताए । उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी एवं पूmटवल प्रशिक्षक डम्बर गुरुङ लाई ताम्रपत्र एवं दोसल्ला सहित पोखरा महानगरपालिका वडा नं १ की अध्यक्ष शारदा पराजुली, संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व गुरुङले आफु यसरी सम्मानित हुन पाउँदा गौरव लागेको बताए । उनलाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।
प्रथम पुरुस्कार रु १ लाख नगद प्रायोजन गरेका छन भने पोखरा फुलबारी निवासी अमित जोन गुरुङले आफ्नी हजुरआमा केसुभा गुरुङको स्मृतीमा दोश्रो पुरुस्कार रासी रु ५० हजार प्रायोजन गरेका छन ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् सचिव मानकाजी गुरुङले बताए । त्यस्तै सर्वाधिक गोलकर्ता ट्रफी सहित नगद ५ हजार फाइनल म्याचको म्यान अफ दि म्याच ट्रफी सहित नगद पांच हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको छ ।