
पोखरा, (खेलाडी न्युज) – युवा क्लब भीमादको आयोजनमा तेस्रो भीमाद कपको दोस्रो दिन फ्रेण्ड्सिप क्लब बेलचौताराले हैरान्स क्लब दमौलीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ ।
मंगलबार भीमाद बजारमा आयोजित खेलमा फ्रेण्डसिपले हैरान्सलाई ३—१ गोल अन्तरले पराजित गरेको थियो । खेलका म्यान अफ दि म्याच राजीव लोप्चाङले दुई गोल गर्दै जित आत्मसात गरे । उनले खेलको १२ औं मिनेटमा गोल गर्दै आग्रता दिलाउँदा अनिष श्रेष्ठले ३० औं मिनेटमा क्लबको लागि दोस्रो गोल गरे ।
दुईगोलले पछि परेको हैरान्सले खेलको ४३ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने लय देखाएको थियो । दिपेश आलेले गोल गरेपछि खेल रोमान्चक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा दर्शकले गरेका थिए । तर खेलको ५४ औं मिनेटमा हैरान्सले अर्को गोलको सामना गरेपछि खेल फ्रेण्डसिपको पक्षमा गएको थियो । बुधबारको खेल पोखराको विष्णुपादुका क्लब हेमजाले काठमाडौको स्वयम्भु क्लब बीच प्रतिस्पर्धा हुने क्लबका सचिव गणेश सुवेदीले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…