
पोखरा(खेलाडी न्युज)- बिष्णु पादुका क्लब हेमजाले भ्रमणकारी टोली काठमाडौंलाई पराजित गर्दै तेस्रो भीमाद कपको क्र्वाटरफाईनल सुरक्षित गरेको छ ।
मोसफलको प्रतियोगिता खेल्न तनहुँको भीमाद आईपुगेको टोलीलाई पोखराको विष्णुपादुकाले १—० गोलले पराजित गरेपछि काठमाडौं टोली बुधबार प्रतियोगिताबाट बाहिरिदैं फर्किएन बाध्य बन्यो । अजय श्रेष्ठले ६३ औं मिनेटमा गोल गर्दै विष्णुपादुकाको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याचबाट पुरस्कृत भए । फुटबलमा भाग्य पनि चाहिन्छ । हरेक प्रयासहरु विफल हुन पुगे । गोल हुने अवसर धेरै पाएपनि खेलाडीहरु चुक्दा र भाग्यले साथ नदिदाँ काठमाडौ पराजयको सामना गर्न पुग्यो । बिहीबारको खेल फ्रेण्डसि बेलचौताराले युवा क्लब भीमाद(युएसए) बीच हुने छ ।
प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित कप पाउने छ । उपविजेताले भने एकलाख ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राईकर र सर्वाधिक गोलकर्तालाई जनही १०÷१० हजार नगदबाट सम्मानित गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…