
पोखरा(खेलाडी न्युज) – तेस्रो भीमाद कप अन्तर्गत बिहीबार नेपाल आर्मीको राजदल गणले आगन्तुक टोली बनेप ब्वाईजलाई पराजित गर्दै क्वार्टरफाईन सुनिश्चित गरेको छ । क्र्वाटरफाईनलमा राजगल गण खैरेनीले पोखरा ११ सित सेमिफाईनल प्रवेशको लागि भिड्ने छ । पोखर ११ बाईपाएर सिधै क्र्वाटरफाईनल प्रवेश पाएको हो ।
पाहुन टोलीलाई निराश बनाउने क्रममा राजगल गणले २८ औं मिनेटमा गोल गर्दै अग्रता लियो । अमित कुसमीले गरेको गोल निर्णायक बन्यो । त्यो नै जितको लागि काफी हुदाँ बनेपा ब्वाईज बनेपा फर्किने बाध्यता भयो । खेलमा आर्मीका अमित सुनार म्यान अफ दि म्याचबाट पुरस्कृत भए । उनलाई नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर एवं नेपाली सेनाका फरवार्ड समेत रहेका नवयुग श्रेष्ठले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…