पाका खेलाडीको एट ए साईड, पाहुना टोलीको यात्रा कायमै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ४ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज) — ४० वर्षे उमेरमा पनि युवा जस्तै जोश देखाउन स्वदेशी तथा बिदेशी टोली यतिबेला पोखराको टुडिखेलमा व्यस्त छन् । भेट्रान्स मार्फत युवा जोश मेटाउन फुटबलको मोहमा झुम्मिदै छन् । रन्जित गुरुङको स्मृतिमा बगर भाइखलकले भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता आयोजना गरेको तेस्रो दिन वित्यो । तेस्रो दिन बिहीबार डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, बुटवल भेट्रान, कलकत्ता भेट्रान भारत, फोर्टी फाउन्डेशन काठमाडौ र जोरपाटी काठमाडौले आफनो फुटबल यात्रालाई कायमै राखेका छन् ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको सिएमजी काठमाडौले फ्रिडम फाइटर नख्खिपोटलाई प्रतिष्पर्धात्मक खेलमा ३–२ गोल अन्तरले पराजित ग¥यो । सिएमजीका लागि खेलका म्यान अफ दि म्याच समेत बनेका अनिल राज भण्डारी, कृष्ण मालाकार र चेतनारायण श्रेष्ठले एक एक गोल गरे भने फ्रिडमका लागि बिजय गुरुङ र नरेन्द्रलामाले गोल गरे ।
बुटवल भेट्रानले हेटौडा भेट्रानलाई २–१ गोल अन्तरले पाखा लगायो । खेलमा बुटवलका लागि भिमकाजी गुरुङ र शेर बहादुर गुरुङले गोल गरे भने हेटौडाका लागि एक मात्र सान्त्वना गोल खेलका म्यान अफ दि म्याच बल बहादुर गुरुङले फर्काए । भारतको कोलकत्ता भेट्रानले पोखराको टिम एबिसीलाई १–० ले पराजित ग¥यो । कोलकत्ताका लागि समिर कुमार नन्दीले गोल गरे । उक्त बिजयी टिमका देब कुमार शर्मा म्यान अफ दी म्याच घोषित भए ।
फोर्टी फाउन्डेशन नेपाल काठमाडौले कंचनजंघा सिलिगुडी दार्जिलिङको टिमलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले प।ाजित गर्यो । निर्धारित समयमा दुवै टिमका तर्फ बाट गोल हुन नसके पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । उक्त खेलमा फोर्टी फाउन्डेशनका गोल रक्षक राजेन्द्र गौतम म्यान अफ दि म्याच घोषित भए । खेलमा फोर्टी फाउन्डेशनका मोहन थापाले पहेलो कार्डको सामना गरे ।
जोरपाटी काठमाडौले पोखराको स्थानिय क्लब इन्द्रेणी एकिकृत बिकास केन्द्र पोखरालाई टाइ ब्रेकरमा ४–३ गोल अन्तरले स्तव्ध पा¥यो । निर्धारित समयमा १–१ गोलमा खेल सकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । निर्धारित समयमा खेलका म्यान अफ दि म्याच समेत रहेका राकेश श्रेष्ठले एक गोल र इन्द्रेणीका लागि पूर्ण बहादुर गुरुङले गोल गरेका थिए ।