
पोखरा(खेलाडी न्युज) —पोखरा क्रिकेट कप टी—२० प्रतियोगिताको उपाधिको लागि पोखरा, बाग्लुङ र म्याग्दीका क्लबहरुले प्रतिस्पर्धा गर्दै छन्। पोखराका पाँच, बाग्लुङबाट एक र म्याग्दीबाट दुई क्लबले उपाधिको लागि माघ २३ गतेदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भिड्दै छन् । प्रतियोगितामा पोखराबाट पोखरा क्रिकेट क्लब, पोखरा क्रिकेट एकेडेमी, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, राईजिङ क्रिकेट एकेडेमी सहभागि छन् । धौलागिरी क्रिकेट क्लब(बाग्लुङ), बुद्ध क्रिकेट क्लब(म्याग्दी) र खबारा क्रिकेट क्लब(म्याग्दी) सहभागि रहेको आयोजक पोखरा क्रिकेट क्लबका सदस्य चन्द्रकुमार गुरुङ(जिम्मी)ले जानकारी दिए ।
माघ २३ गतेदेखि हुने प्रतियोगिताको लागि दि युनाईटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७५०० बराबरको क्रिकेट किट् प्रदान गरिनेछ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले जनही पाँच हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए । पोखरा क्रिकेट क्लब २०५१ सालमा स्थापित भएको हो । स्थापनाको २३ वर्ष पछि पोखराको क्रिकेटलाई उत्थान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियोे


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…