
पोखरा(खेलाडी न्युज)-बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको लागि आज पोखरा लेखनाथ महानगरपालिकाको टिमलाई विदाई गरिएको छ । महानगरपालिकाले भोलि शुक्रबार कुष्मा नगरपालिका पर्वतसँग खेल्ने छ ।
पोखराबाट विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल लामा(मिडफिल्ड)मा खेल्ने छन् । अनिल गुरुङ र बेलप्रसाद गुरुङ(स्ट्राइकर)को भूमिका छन् । सन्दिप पौडेल, सुशान गुरुङ, राहुल गुरुङ र किरण मगर बैकल्पिक खेलाडीको सूचीमा छन् । प्रशिक्षकको रुपमा राजेन्द्र तामाङ छन् ।
खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका खेलकुद संयोजक एवं वडा नं ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवनकुमार प्रजापति लगायतले खादा लगाई विदाई गरेका थिए । विदाई समारोहमै खेलकुद संयोजक प्रजुले जर्सी समेत हस्तान्तरण गरेका हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…