पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा-पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत जुडो प्रतियोगितामा छात्र तर्फ २५ केजी छात्रमा सौरभ जिसी प्रथम, विकल नेपाली द्वितीय र आरोन गुरुङ तथा सविन नेपाली तृतीय भए । ३० केजी छात्रमा महेश बिक प्रथम, निसान मगर द्वितीय र सुनिल कुँवर तथा प्रिन्स शाह तृतीय भए । ३५ केजी छात्रमा निसान नेपाली प्रथम, आयान कुँवर द्वितीय र राजकुमार गिरी तथा प्रिन्स आले मगर तृतीय भए । ४० केजी छात्रमा रितेश केसी प्रथम, अञ्जन परियार द्वितीय र प्रियान्स गुरुङ तथा रूपक परियार तृतीय भए । ४५ केजी छात्रमा बिप्लप बूढा मगर प्रथम ढोलक विक्रम केसी द्वितीय र सुयोग जलन्धर तथा आशिष बिक तृतीय भए ।

छात्रा केजी, ३५ केजी, ४५ केजी र ५० केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो । जस अनुसार ३५ केजी छात्रामा मनिषा नेपाली प्रथम, सन्ध्या परियार द्वितीय र निसा नेपाली तथा सङ्गीता लुँइटेल तृतीय भए । ४५ केजी छात्रामा जमुना श्रेष्ठ प्रथम, क्रिन्जल गिरी द्वितीय र विष्णु बूढा मगर तथा सुष्मा मगर तृतीय भए । ५० केजी छात्रामा स्यान्टोप जलारी प्रथम, योगिसा परियार द्वितीय र सुरक्षा परियार तथा गङ्गा श्रेष्ठ तृतीय भए ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार, २ हजार र १\१ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । विजेता खेलाडीहरूलाई बधाई दिँदै खेलकुद विकास समितिले खेल क्षेत्रको विकास तथा युवा प्रतिभाको प्रोत्साहनका लागि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने जनाएको छ। ग्रासरुट लेभलबाट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव अधिकारीले बताए । २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो ।

छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समुहमा गरेर कुल ७५ जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएको छ । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता रहेका छन् भने पाँच वटा खेल ग्रासरुट तहका खेलाडीलाई लक्षित गरी सञ्चालन गरिएका छन् ।