
पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा कास्की जिल्ला फुटबल संघले संघमा आवद्ध क्लबहरुलाई समेत बल हस्तान्तरण गरिएको छ । क्लबहरुलाई फुटबल प्रशिक्षणमा सहजताको लागि संघले नियमित रुपमा बल सहयोग स्वरुप प्रदान गर्दै आएको छ । केही दिन अघि मात्रै संघले १५ वटा विभिन्न विद्यालयलाई फुटबल हस्तान्तरण गरेको थियो ।
संघले संघमा आवद्ध फुटबल प्रशिक्षकलाई विभिन्न विद्यालयमा फुटबल प्रशिक्षणको लागि सहजकीरण गर्दै आएको छ । संघले फुटबलर जीवन गुरुङको धर्मपत्नीलाई उपचार सहयोगार्थ ९५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
संघले ३५ हजार, सहारा क्लबले १५ हजार, श्री सत्य युवा सेवा बी १३ले १५ हजार, संगम क्लबले १० हजार र कास्की जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष महेश गुरुङले ५ हजार गरी ९५ हजार रुपैयाँ हस्तान्तरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वर रन्जितले जानकारी दिए । बल तथा सहयोग रकम संघका संस्थापक अध्यक्ष गुरुङले हस्तान्तरण गरेका थिए ।
फुटबल संघले अहिले नियमित रुपमा एकेडेमी सञ्चालन गर्दै आएको छ । पोखरा रंगशाला फुटबल मैदान(बैकल्पिक मैदान)मा विभिन्न उमेर समूहमा प्रशिक्षण गर्दै आएको छ ।
तस्बिर फाईल


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…