
पोखरा-यही असार १३ गते अन्तराष्ट्रिय श्रवणदृष्टिविहीन दिवसको अवसरमा श्रवणदृष्टिविहीन संघ पोखराले पाँच किलोमिटर खुल्ला महिला तथा पुरुष दौड आयोजना गर्ने निर्णय गरेको छ ।
श्रवणदृष्टिविहीन प्रति समाजमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले पहिलो पटक महिला तथा पुरुष दौड आयोजना गर्ने तयारीमा गरेको हो । संघका अध्यक्ष पुष्पराज रिमालले श्रवणदृष्टिविहीनता सम्बन्धी बुझाई बृद्धि गर्न पाँचकिलोमिटर दौड आयोजना गरिएको स्पष्ट पारे ।
पोखराको सृजनाचोकबाट शुरु भई दौड रत्नचोक, राष्ट्रिबैंक चोकहुदैं ड्यामसाईड पुगेर ड्यामसाईडबाट पार्दीमाथि मुस्ताङचोक हुदैं पृथ्वीचोक, सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा पुगेर समापन हुने छ ।
दौडमा विजेता महिला तथा पुरुष धावकले ७ हजार ५ सय र उपविजेता धावकले ५ हजार तथा तेस्रो स्थानमा रहने धावकले भने नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको लागि ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दौडमा ४० वर्षमाथिको उमेर समूहको विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गर्ने श्रवणदृष्टिविहीन संघ पोखराले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…