
पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १५ हजार तथा उपविजेता टोलीले नगद रु. ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कलेजहरूबीच खेलकुदमार्फत आपसी सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आवेदन फारम बुझाउने अन्तिम मिति जेष्ठ २७ गते तथा टाइ–सिट ड्र जेष्ठ २८ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई विभिन्न व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…