
पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा ८(० निकाल्यो । नेपाल पुलिस क्लबकी अन्तराष्ट्रिय खेलाडी रेखा पौडेलले ह्याट्रिक पुरा गरिन् । उनले आरएस विरुद्ध सर्वाधिक पाँच गोल गरिन् ।
आर एस फुटबल क्लब पोखराको आयोजनामा शुरु भएको प्रतिस्पर्धा पोखरामा पहिलो थियो । पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना गरिएको प्रतिस्पर्धामा चार क्लबको सहभागिता रहेको छ । पुलिसको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला विक र साहारा लिम्बुले एक एक गोल गरिन् ।
पाँचौ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौं मिनेटमा उनको प्रहारलाई आर एसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् लगत्तै दशौं मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् । २७ औं मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसको २ मिनेट पश्चात रेखाले नै पुलिसका लागि पाँचौं गोल गरिन् ।
त्यसअघि २३ औं मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् । २८ औं मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो । २९ औं मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् ।
४० औं मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो ।
खेलको सुरुवातबाट नै आयोजक माथि हावी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम ग¥यो । पुलिसले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल उपहार स्वरुप पायो ।
खेलको ५० औं मिनेटमा साहाराले गोल गरिन् । ६० औं मिनेटमा रेखाले व्यक्तिगत पाचौं गोल गरिन् । उनी खेलको प्लेयरअफ दी म्याच समेत घोषित भइन् । जित संगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तरग भोलि त्रिभुवन आर्मी क्लब र संकटा क्लब बीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-कास्की जिल्ला क्रिकेट संघको चौथो अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि दिपेन्द्रप्रताप चन्दको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा चन्द ४० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिपेश खत्रीले केवल २७ मत प्राप्त गरे…