
एजेन्सी—भारतीय कप्तान विराट कोहलीले ११२ रन हिर्काउँदै दक्षिण अफ्रिकाले दिएको लक्ष्य केवल चार विकेटको क्षतिमा भेट्टाउँदा एफ डि प्लिसिसको १२० रनको शतक छायाँमा प¥यो । १६४ बल खेल्दै कोहलीले १० चौकाको मद्धतमा ११२ रन बनाउँदाँ अजिंक्य राहानेले पनि उत्कृष्ठ पारी खेल्दै ७९ रन जोडे । शिखर धवनले पनि ३५ रन बनाई पवेलियन फर्किउँदा भारतले जितको आधार तयार भईसकेको थियो । ४५ ओभर ३ बलमा केवल चार विकेटको क्षतिमा दक्षिण अफ्रिकाले दिएको २७० लक्ष्यलाई पुरा गर्दै वान डे सिरिजमा भारत १—० अग्रता लियो ।
टस जितेर व्याटिङ गरेको दक्षिण अफ्रिकाले प्लिसिसले इनिङ सम्हाल्दै १२० रन बनाए । सि.एच मोरिसले ३७ रन जोडे । हसिस अम्ला केवल १६ रनमै पवेलियनको बाटो लिए । क्यु डि कक चाहलको बलमा एलबी डब्लुको शिकार भए । उनले ३४ रन बनाई क्रिजमा थिए । अन्यले उत्कृष्ठ प्रदर्शन देखिएन् । टेष्ट सिरिज २—१ ले जितेको दक्षिण अफ्रिका वान डे म्याचमा भने पछाडि परेको छ ।, कुलदिप यादवले तीन विकेट लिए । चाहाले दुई र बुर्माहा र भुवनेश्वर कुमारले एक विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…