
पोखरा (खेलाडी न्युज)— महाशिवरात्री पर्वको पावन अवसरमा लमजुङको मध्यनेपाल नगरपालिकाको इशानेश्वर महादेव मन्दिर परिसरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि भलिवल तथा छेलो प्रतियोगिता हुने भएको छ । करापुटार क्लबको आयोजनामा आगामी फागुन १ गतेदेखि ३ गते सम्म नवौँ करापुटार खुल्ला रनिङ शिल्ड महिला तथा पुरुष भलिवल एवं छेलो प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष कमप्रसाद गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागि हुने टिमले फागुन १ गते बिहान ११ बजेसम्म टिम दर्ता गर्न सक्ने गुरुङको भनाई छ । टिम दर्ता गर्न पुरुष टिमलाई २ हजार र महिला टिमलाई १ हजार लाग्ने छ भने खुल्ला छेलो प्रतियोगिताको लागि दर्ता निशुल्क रहेको अध्यक्ष गुरुङले बताए ।
पुरुष भलिवलमा प्रथम हुने टिमले नगद ५० हजार, रनिङशिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै द्धितिय हुने टिमले नगद ३० हजार, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव जाकिर हुसेन मियाले बताए । साथै सेमिफाइनलमा पराजित हुने टिमलाई नगद ५ हजार तथा प्रमाणपत्र प्रदान गरिने उनको भनाई रहेको छ । यस्तै महिला भलिवलमा प्रथम हुने टिमले नगद रु १५ हजार, रनिङशिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने द्धितिय हुने टिमले नगद रु १० हजार, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक तेज बहादुर तामाङले बताए । त्यस्तै छेलो प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, मेडल, फेता र प्रमाणपत्र पाउनेछन् भने द्धितिय हुनेले ५ हजार, मेडल, फेता र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरीको टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको छ भने मध्यनेपाल नगरपालिकाले व्यवस्थापन गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…