
एजेन्सी—नाईट क्लबका हंगामा मच्चाएर कारवाहीमा परेका इग्ल्याण्डका अलराउण्डर बेन स्टोक २५ तारिखमा हुने न्युजिल्याण्ड विरुद्धको एकदिवसिय खेलमा फर्किदैै छन । झण्डै पाँच महिना कारवाही भोगेका आईपिएलमा सर्वाधिक महंगा क्रिकेटर स्टोक राष्ट्रिय टिममा फर्किएका हुन् । उनलाई राजस्थान रोयल्सले आईपिएलको लागि १२ करोड ५० लाख भारुमा खरीद गरेको थियो ।
गत सेप्टेम्बरमा उनी नाईट क्लबमा हंगामा मच्चाएको भन्दै प्रहरीको हिरासतमा थिए । उनलाई इग्ल्याण्ड क्रिकेट बोर्डले समेत कारवाही गरेको थियो । नाईट क्लबमा भएको घटनापछि स्टोक अष्ट्रेलिया विरुद्धका एसेस श्रृखंलामा भने मैदानमा देखिएनन् । न्युजिल्याण्ड विरुद्धको खेलमा सहभागि हुनु अघि उनी १३ फेब्रुअरीमा ब्रिस्टोलको कोर्टमा उपस्थित हुनुपर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…