
पोखरा(खेलाडी न्युज) —पर्सी आईतबारदेखि पोखराको सराङकोटमा एशियन कन्टिनेन्टल प्याराग्लाईडिङ प्रतिस्पर्धा हुदैं छ । पोखरालाई एडभेन्चर स्र्पोटस टुरिज्म सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित कन्टिनेन्टल प्रतियोगिताको अन्तिम तयारी गरिएको हो । प्रतिस्पर्धामा नेपालसहित २२ देशका १५० पाईलटहरु सहभागिता जनाउने छन् । नेपाल हवाई खेलकुद संस्था(ना) पोखराको आयोजनामा हुने प्रतिस्पर्धा ५ दिनसम्म चल्छ । प्रतियोगितामा फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनल (एफएआई) को निर्णायक कमिटीले ५ वटा छुट्टाछुट्टै जिम्मेवारी (टास्क) दिनेछ ।
पाँचै दिनको टास्क छिटो पूरा गर्नेले प्रतियोगिताको उपाधि हात पार्नेछ । उत्कृष्ट पाइलटको एफएआईर्को ¥याङ्किङमा नम्बरसमेत बढ्ने छ । नेपाल एअर स्पोट्स एसोसिएसन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लाइडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वाषिर्क क्यालेन्डरमै समावेश गरेको छ । एसोसिएनको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । अफएआई क्याटागोरी टु अन्तर्गत यसअघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पियनसीप आयोजना भइसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्री वर्ल्डकप सराङकोटमा सञ्चालन भइसकेको छ । अर्को वर्ष वर्ल्ड कप आयोजना गर्न बल मिल्ने प्रतियोगिताका संयोजक इन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…