६५ वर्ष वित्यो पोखराको फुटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा-विश्वमै सर्वाधिक लोकप्रिय खेलकुद हो फुटवल । त्यसैले भन्न गरिन्छ फुटबललाई किङ अफ दि गेम । पोखरामा ६५ बर्षअघि फुटवल भित्रिएको हो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । २०१३ सालमा डम्बरलाल माकाजूको कप्तानीमा विजय टिम बनाइएको थियो । उतिवेला बगरस्थित पुरानो टुडिखेल र नेपाली सेनाको फुलबारी व्यारेकको मैदानमा मात्रै फुटबल खेलिन्थ्यो । पाँच दशक अघि स्थानीय रामकृष्ण टोलमा जागृति क्लब, आर्मीको टिम, अम्मरसिंह माविको टिम, भैरव टोलको बालमन्दिर क्लब, पीएन क्याम्पसको टिम, मोहरिया टोलको धौलागिरी टिम फुटवलका चर्चित टिम थिए । उतिवेला नै लिग च्याम्पियनसिप, नकआउट च्याम्पियनसिप र फाइनल च्याम्पियनसिप जस्ता प्रतियोगिता गरिन्थ्यो । आयोजक धन शम्सेर जवरा र उनका परिवार बन्थे । पहिला सौखका रुपमा खेलिने फुटवल क्षेत्रले भने अहिले का“चुली फेरिएको छ । पोखराको फुटवलले राष्ट्रिय टिमका लागि खेलाडीहरु जन्माएको छ । ए डिभिजनका लागि पनि उत्तिकै खेलाडी र प्रशिक्षक तयार गरेको छ । तर पछिल्लो समय देशमा फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा शहीद स्मारक ए डिभिजिन लिग फुटबल प्रतियोगिता तीन वर्षदेखि हुन सकेको छैन् । लिग नहुदाँ खेलाडी अहिले मोसफलमा हुने नकाउट फुटबल प्रतियोगितमा व्यस्त छन् । मोफसलकै प्रतियोगिताले नेपाली फुटबललाई जीवन्त राखेको छ । व्यवसायिक फुटबलको विकासको लागि विभिन्न क्लबहरुको योगदान छ । विदेशी टोलीको समेत सहभागिताले पोखराको पर्यटन प्रवद्र्धनमा इटा थप्ने काम गरेको अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराई सुनाउँछन । सफल पोखरा कपको पहिलो सस्करणमा तीन विदेशी टोलीबाट एकसयभन्दा बढी पर्यटक फुटबलकै लागि पोखरा भित्रिएका थिए । बंगालदेशबाट ५४ सदस्यीय टोली आएको थियो । उपाधि लिएर फर्किएको थियो । क्याराभान गोल्डकपबाट आधुनिक फुटबल प्रतियोगिताको शुरुवातस“गै पोखरामा अन्य प्रतियोगिताले पनि निरन्तरता पाउन थालेका छन् । वर्षेनी आयोजना हुदैं आएको फुटबल प्रतियोगितामा सहाराको भूमिका अतुलनिय छ । फुटबल सुस्ताएको समयमा ०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु गरेको थियो । त्यसभन्दा अघि तत्कालिन लेखनाथ नगरपालिकास्थित आर्दश युवा क्लबले २५ औं सस्करणसम्म आर्दश कप नकाउट फुटबल प्रतियोगिता आयोजना गर्यो । तर अहिले केही वर्षयता प्रतियोगिताले विश्राम लिएको छ । व्यवसायिक खेलाडीको उत्पादनले फुटबल क्षेत्रको विकासमा टेवा पुगेको छ भने खेलकुदतर्फ युवाको आकर्षण समेत बढ्दै गएको छ । यद्यपी कास्की जिल्ला फुटबल संघले दुईवर्ष यता मनकामना केवलकार पोखरा कप भने गर्न सकेको छैन् । यसले फुटबलको गतिविधि विस्तारै सुस्ताउँदै गएको अनुभूति भएको छ । नयाँ कार्यसमिति चयन भईसकेको छ । प्रतियोगिताको निरन्तरताको चुनौति पनि थपिएको छ ।
पोखरामा आयोजना गरिएको फुटबल प्रतियोगिता-१) गण्डकी कप —२०१३ (घनविक्रम राणा),२) थकाली च्यालेन्जशिल्ड— २०२४ साल, ३) डाँफे कप — २०३३ साल,४) अञ्चलाधिश रनिङकप— २०३६ साल,५) नर ट्रफी— २०३९, ६) अन्तरवडास्तरीय फुटबल प्रतियोगिता— २०४१, ७) आदर्श कप(भण्डारढीक) — २०४३, ८) खुकुरी कप— २०५०, ९) संगम कप — २०५५, १०) सुर्यचन्द्रकप— २०५६, ११) सहारा कप— २०५६, १२) नरकाजी स्मृति कप— २०५८,१३) क्याराभान गोल्डकप — २०५८, १४) आहा गोल्डकप— २०५९,१५) सफल पोखरा कप— २०६८, विन्ध्यवासिनी लिगकप, नगरपालिकास्तरीय फुटबल प्रतियोगिता तस्वीर सौजन्य