
पोखरा(खेलाडी न्युज)— बाग्लुङबाट परिवारै सहित भारत प्रवासमा गए । त्यही क्रिकेट सिके । लामो भारत बसाईपछि पोखरा फर्किए । पोखरा फर्किएसँगै उनको क्रिकेट लत पोखरा रंगशालाबाट खारिन शुरु ग¥यो । प्रसंग चार वर्षको अघिको हो । जतिबेला उनी भर्खरै भारतबाट पोखरा आएका थिए । संयोग नै मान्नुपर्छ, पोखरामा क्रिकेटको राष्ट्रिय टोलीको क्याम्प चलिरहेको थियो । सन २०१४ को अन्त्यतिर पोखरा रंगशालामा चलेको क्याम्पमा करणले पनि ट्रायल दिए । ट्रायलमा उनी प्रशिक्षक जगत टमटाको आखाँमा परे । त्यसपछि उनको क्रिकेटको करियरले उचाई लिन थाल्यो ।
पोखराको क्लोजक्याम्पपछि करण सिधै काठमाडौंमा गए । करणको बलिङमा पेस देखेपछि २०१५ मा टिममा परे । टिममा परे लगत्तै उनले २०१५ मा नामिवियामा आयोजित डिभिजन २ खेल्ने अवसर पाए । तीन वर्षपछि त्यही नामिवियामा उनले करियरकै उत्कृष्ठ प्रदर्शन गरे । क्यानडासँगको अन्तिम खेलमा नायक सावित भए । जितको हकदार बन्ने क्रममा उनले ४१ रन नटआउट हिर्काए । नवौ नम्बरमा व्याटिङ गर्न गएका उनले ४१ रन हिर्काउँदै जित मात्रै दिलाएनन् एक महिनापछि जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट चरणमा समेत नेपालले आफनो उपस्थिति जनाउने अवसर पायो । ‘करणले आज कल्पनै नगरेको खेल देखायो । बबाल खेल्यो ।’ नामिवियाबाट नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले टेलिफोनमा सुनाए । १९५ रनको चुनौतिलाई अन्तिम बलमा पुरा गरिछाडे ।
२२ वर्षिय करण जिल्ला हुदैं क्षेत्र अनि पश्चिमाञ्चलको टोलीमा अटाउँदै राष्ट्रिय टोलीको हिस्सेदारसम्म बन्न पुगे । क्रिकेटमा लगावकै छोटो समयमै करणले राष्ट्रिय टोलीमा स्थान बनाए । राष्ट्रिय खेलाडीलाई पोखराको तत्कालिन ओम फाईनान्सले रोजगारी समेत दियो । तर उनले रोजगारीलाई एक वर्ष मात्रै विताए । फाईनान्सले क्रिकेटको किट समेत उपलब्ध गराईदिएको थियो । यद्यपी उनी त्यसबाट टाढिए । राष्ट्रिय खेलाडीको रुपमा रहिरहँदा उनले पोखरामा क्रिकेट एकेडेमी शुरु गरे । राईजिङ क्रिकेट एकेडेमीको रुपमा स्थापित गरेका उनले खासै ध्यान दिन भने सकेनन् । यद्यपी उनको एकेडेमी एकसाता अघिमात्रै पोखरा रंगशालामा आयोजित दी युनाईटेड गोल्डमार्ट टी— २० क्रिकेट प्रतियोगितामा उपविजेता समेत बन्यो । उनले गत महिनामात्रै सम्पन्न इपिएलमा विराटनगर वारियर्सबाट खेलेका थिए । इपिएलको अक्सनमा करण सर्वाधिक मंहगा खेलाडीको रुपमा विराटनगरले किनेको थियो ।
बाग्लुङका करणले बाग्लुङलाई दुई वर्ष अघि बाग्लुङमा आयोजित टेनिस बल क्रिकेट प्रतियोगितामा पोखरालाई पराजित गर्दै उपाधि रक्षा गरेका थिए । घरेलु भूमिमा वर्षौपछि प्रतियोगिताको खेल्न बाग्लुङ पुगेका थिए । पोखरामा रहँदा उनी आफनो एकेडेमीलाई नियाल्न पुग्छन् । अहिले प्रदेश सभा भवन रहेको पोखरा नगरविकास प्रशिक्षण केन्द्रको मैदानलाई भाडामा लिएर क्रिकेट पीच समेत निर्माण गरी क्रिकेटको विकास गर्ने उद्देश्यसहित एकेडेमीको लागि लगानी गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…