
एजेन्सी—घरेलु मैदान बर्नबेउमा रियल मड्रिडले आतित्थताको लागि बोलाएको पेरिस सेन्ट जर्मेनलाई ३—१ ले पराजित गरेको छ । च्याम्पियन्स लिगको पहिलो लेगमा खराब लयमा देखिएका रोनाल्डोको पेनाल्टी गोलबाट कमब्याक गरेको रियलले अन्तत पिएसजीलाई पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्ने बाटो खुकुलो बनायो ।घरेलु मैदानमा रियलले गोल खाँदै दबावमा रह्यो । ३३ औं मिनेटमा एड्रिन रविओटलेले गोल गर्दै रियलमाथि दवाब सृजना ग¥यो । तर त्यो दबाव पहिलो हाफमा आएर टुंगियो । ४४ औं मिनेटमा डिबक्सभित्र टोनी क्रसलाई फउल हिर्काएपछि रियलले पेनाल्टीको अवसर पायो । पिएजसीका गिभानी लो सेल्सोले फाउल हिर्काए । पेनाल्टीलाई रोनाल्टोल खेलमा मध्यान्तर हुनुअघि गोल गर्दै बराबरीमा ल्याए ।
नेयमारले दिएको पासमा ४९ औं मिनेटमा केलियन एम्बाप्पेले हानेको सट रियलका गोलकिपरले बचाए । ६७ औं मिनेटमा पिएसजीले अर्को अवसर सृजना ग¥यो । तर सदुपयोग गर्न भने सकेन । प्रिस्नेल किमपेम्बेको पासमा गिभानीले बक्स नजिकैबाट हानेको प्रहार पनि बाहिरिएको थियो । ७३ औं मिनेटमै गिभानीले बक्स नजिकैबाट हाने पनि बारको दायाँकुनाबाट बाहिरियो । ७७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले रियलका लागि गोलको अवसर चुकायो । गारेथ बेलको हेडिङ पासलाई रोनाल्डोले हानेको सट पनि बचाउ हुन पुग्यो । ८३ औं मिनेटमा पाहुना टोली एकाएक स्तब्ध हुन पुग्यो ।
रोनाल्डोले पोष्टको निकै नजिकको रेन्जबाट हानेको बल पोष्टभित्र छिरेपछि घरेलु दर्शक गोलको खुशीमा स्टेडियम नै गुन्जयमान भयो । ८६ औं मिनेटमा मार्को एसेन्सोको क्रसपासमा एट्याकिङ डिफेन्स मार्सेलोले गोल गर्दै रियललाई ३—१ नजितासँगै जित निकाल्यो । ८९ औं मिनेटमा फेरी रोनाल्डोले हानेको बल बचाउ भयो । मार्को एसेन्सोले पास मिलाईदिएका थिए । जितसँगै रियलले ला लिगामा भएको खराब लयलाई बिर्साउन खोज्यो । बार्सिलोना भन्दा १६ अंकले पछि परेको अवस्थामा रियलको ध्यान च्याम्पियन्स लिग तर्फ छ । यद्यपी दोस्रो लेग भने रियलले पिएजसीको घरेलु मैदानमा खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…