
धन बस्नेत, पोखरा -क्यानडाका करी वालेस पोखरामा आयोजित ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता उपाधि जितेका छन् । उनल तीन दिनको स्टेजमा प्रथम हुदैं उपाधि जितेका हुन् । महिला तर्फको उपाधि भने लक्ष्मी मगरले जितिन् । उनले चारै दिनको स्टेजमा प्रथम हुदैं उपाधि जोगाएकी हुन् । पोखरामा पहिलो पटक आयोजित अन्तराष्ट्रियस्तरको साईकल रेसको पुरुष तर्फ दोस्रो भने काठमाडौंका नारायण गोपाल महर्जन दोस्रो भए । ओकेश बज्रचार्य(ललितपुर) भने तेस्रो भएका छन् । महिला तर्फको प्रतिस्पर्धामा भने उषा खनाले दोस्रो हुदाँ रोजा केसी भने तेस्रो स्थानमा आईन् ।
अन्तिम दिन बिहीबारको स्टेजमा करी वालेसले २ घण्टा ४४ मिनेट ४४ सेकेण्डमा पुरा गरेका थिए । महर्जन भने अन्तिम दिनको स्टेजमा वालेस भन्दा एक मिनेट पछि परे । उनले २ घण्टा ४५ मिनेट २७ सेकेण्ड लगाए । तेस्रो स्थानमा आएका ओकेश बज्रचार्यले भने २ घण्टा ५० मिनेट ५९ सेकेण्डमा पार गरे । महिला तर्फ लक्ष्मी मगरले ३ घण्टा ३९ मिनेट २८ सेकेण्डमा पुरा गर्दै अन्तिम दिनको स्टेजमा प्रथम भईन् । उषा खनालले ३ घण्टा ५३ सेकेण्ड १८ सेकेण्डमा पुरा गर्दै दोस्रो र रोजा केसी भने ४ घण्टा ०८ मिनेट १६ सेकेण्डको समय लगाएर पुरा गरिन् । चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर सकिने रेसको भने ५२ किलोमिटरको दुरी तय गरिएको थियो ।
अन्तराष्ट्रिय साईकल रेसको पहिलो दिन कास्कीको पामेबाट शुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, विश्वशान्ति स्तुपा, छोरेपाटान, स्तुपा सानो ताल हुदैं पामेमै पुगेर टुंगिएको थियो । दोस्रो दिनको रेस छोरेपाटन, शिवालय, कृस्ति, मट्टिखान हुदैै पुन छोरेपाटनमा आएर टुग्याइएको थियो । दुरी भने ५८ किलोमिटरको थियो । तेस्रो दिनको रेस बेगनासबाट शुरु बेगनास, कालिका, बेगनासताल, रुपाताल हुदैं बेगनासताल किनारमा ८० किलोमिटरको दुरी पुरा गरिएको थियो । साईक्लिङ संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेपनि यो भने पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धा हो । प्रतियोगितामा जर्मनी, फ्रान्स, अष्ट्रिया, स्वीट्जरल्याण्ड, क्यानडा, स्वीडेन, अष्ट्रेलिया र श्रीलकंन खेलाडी सहभागि थिए । । आर्मी तथा शसस्त्र प्रहरी बलका खेलाडीले समेत आफनो उपस्थिति जनाएका थिए । । महिला तर्फ दुई विदेशी र तीन स्वदेशी थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…