
एजेन्सी— तीन पटक ग्राण्डस्लाम च्याम्पियन बेलायती खेलाडी एण्डी मुरे टेनिस ¥याकिङको २१ औं स्थानमा पुगेका छन् । १२ वर्षपछि पहिलो पटक उनी टेनिसको शीर्ष २० बाट पछाडि परेका हुन् । सर्भियन खेलाडी नोभाक जोकोभिच भने अहिले १४ औं स्थानमा छन् । अष्ट्रेलियन ओपन २०१८ मा जोकोभिच कोरियन खेलाडी ह्युन चाङसँग पराजित भएका थिए ।
दुई पटक ओलम्पिक च्याम्पियन सन २००५को सेप्टेम्बरमा नम्बर एकमा थिए । उनको शीर्षस्थान २०१६ को नोभेम्बर र २००१७ को अगष्टमा फेरी शीर्षस्थानमा यथावत रहे । तर मुरेले गतवर्षदेखि टेनिसको कुनैपनि प्रतियोगितामा सहभागिता जनाएका छैनन । दुई पटक विम्बल्डन जितेका मुरे हिपको समस्याबाट ग्रसित थिए । उनको सर्जरी गरेका छन् । अहिले स्वास्थ्य लाभ गरिरहेका ३० वर्षिय मुरे फेरी टेनिस कोर्टमा फकिर्ने आशामा छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…