११ वर्षपछि मुरे टेनिस ¥याङकिङको २१ औं स्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०७४ मा प्रकाशित


एजेन्सी— तीन पटक ग्राण्डस्लाम च्याम्पियन बेलायती खेलाडी एण्डी मुरे टेनिस ¥याकिङको २१ औं स्थानमा पुगेका छन् । १२ वर्षपछि पहिलो पटक उनी टेनिसको शीर्ष २० बाट पछाडि परेका हुन् । सर्भियन खेलाडी नोभाक जोकोभिच भने अहिले १४ औं स्थानमा छन् । अष्ट्रेलियन ओपन २०१८ मा जोकोभिच कोरियन खेलाडी ह्युन चाङसँग पराजित भएका थिए ।

दुई पटक ओलम्पिक च्याम्पियन सन २००५को सेप्टेम्बरमा नम्बर एकमा थिए । उनको शीर्षस्थान २०१६ को नोभेम्बर र २००१७ को अगष्टमा फेरी शीर्षस्थानमा यथावत रहे । तर मुरेले गतवर्षदेखि टेनिसको कुनैपनि प्रतियोगितामा सहभागिता जनाएका छैनन । दुई पटक विम्बल्डन जितेका मुरे हिपको समस्याबाट ग्रसित थिए । उनको सर्जरी गरेका छन् । अहिले स्वास्थ्य लाभ गरिरहेका ३० वर्षिय मुरे फेरी टेनिस कोर्टमा फकिर्ने आशामा छन् ।