
पोखरा(खेलाडी न्युज) नेपाल आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै टुग्याएको छ । कप्तान पारस खड्काले प्रतियोगितामा पहिलो शतक हानेपनि जित उन्मुख हुनबाट भने जोगिएन् । अन्तिम बलमा १४ रनको खाँचो थियो । तर उनले छक्का हिर्काउँदै नटआउट ११२ रन हिर्काए । निकै सुझबुझपूर्ण र धैर्यपूर्ण व्याटिङ गरेपनि उनको शतक भने ओझेलमा प¥यो । तर कप्तानी भूमिका भने अन्तिम खेलमा उनले देखाई छाडे । उपविजेता बन्दै जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा उपविजेताको हैसियतले सहभागिता जनाउने छ ।
कप्तान खड्काले १०३ बल खेल्दै ११२ रनमा अविजित रहे । उनले प्रतियोगिताकै सर्वाधिक ८ छक्का हिर्काए । तीन चौका समेत उनको खातामा रह्यो । लिगमा भने युएईलाई पराजित गर्दै नेपालले महत्वपूर्ण २ अंक जोड्दै विश्वकप छनोटको लागि बाटो सहज बनाएको थियो । तर फाईनलमा पराजित गर्दै युएईले बदला भने लियो ।
अन्य खेलमा खासै चल्न नसकेका ओपनर ज्ञानेन्द्र मल्लले लिग डिभिजन २ को फाईनलमा भने सुधारोन्मुख व्याटिङ देख्न पाईयो। उनले २४ रन बनाए । जुन प्रतियोगिताको सर्वाधिक रन पनि थियो उनको । दिलिप नाथ पनि व्यक्तिगत १३ रनमा आउट भएपछि कप्तान पारस खड्काले नेपालको इनिङ सम्हालेका थिए । दिपेन्द्रसिंह ऐरी र कप्तान खड्काले राम्रो साझेदारी गरिरहँदा ऐरी हायडरको बलमा आउट हुन पुगे । ऐरीले ३५ रन बनाएका थिए । कप्तान पारसले शरद भेषवाकरसँग चौथो विकेटको लागि ६३ रनको साझेदारी गरे । भेषवाकर पनि ३० रनमा आउट हुदैं पवेलियन तर्फ लागे । उनी अमिर हायातको बलमार इमरान हायडरको हातबाट क्याच भए । हायडरले आरिफ शेखलाई पनि सस्तैमा पवेलियनको बाटो देखाए । शेखले केवल ७ रन मात्रै बनाई खेलिरहेका थिए । रोहित कुमार पौडेल पनि हायातको बलमा आउट भए । उनले नेपालका लागि २३ रन जोडे । करण केसी २ र सोमपाल कामी भने ६ रनमा पवेलियन फर्किएपछि क्रिजमा बसन्त रेग्मी रहे । उनले पनि कप्तानलाई साथ दिदैै अन्तिम समयसम्म टिके । खातामा भने ५ रन जोडे ।
टस जितेर व्याटिङ रोजेको युएईले आसफाक अहेमदको ११४ रनको शतकीय पारीमा चार विकेटको क्षतिमा २७७ रनको फराकिलो स्कोरको चुनौति नेपाललाई दियो । रोहन मुस्तफालाई बसन्त रेग्मीले पहिलो विकेट लिदाँ उनी व्यक्तिगत अर्धशतक पुरा(५१ रन) गरिसकेका थिए । त्यस्तै गुलाम साब्बर १८ रनमा सन्दीपले रन आउट गराउँदा सायमान अन्वारले ४० रनको योगदान दिए । रमेज शाहजादले ४१ रन नटआउट हिर्काए । म्यान अफ दि म्याच भने आसफाक अहेमद भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…