
पोखरा(खेलाडी न्युज)—आईपिएलको तयारीमा रहेको नेपाली बलर सन्दीप लामिछाने आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिता अवधिमा १७ विकेट लिएको उनलाई प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुदैं ट्रफी पाए । लिग चरणमा १६ र फाईनलमा एक विकेट लिएका हुन् ।
आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा पाँच खेलमा उनले १ट विकेट लिएका थिए । आफनो बलिङ छवि देखाउँदै सर्वाधिक विकेट लिने खेलाडी घोषित भएका हुन् । दिल्ली डेयर डेभिल्सबाट भारतीय प्रिमियर लिग(आईपिएल) खेल्ने तयारीमा रहेको उनले लिग डिभिजनमा जादुमयी बलिङलाई कायमै राखेका छन् । २० लाख भारुमा दिल्ली डेयर डेभिल्सले लियो । आईपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपको खेललाई भने दिल्लीले नजिकैबाट नियालिरहेको छ । अदभूत प्रदर्शन भन्दै सन्दीपको चर्चा समेत गरिसकेको छ ।
सन्दीपले नामिविया विरुद्धको खेलमा ८ ओभर २ बल फ्याँक्दै २ मेडन राखे । केवल १८ रन दिदैं ४ विकेट लिए । जुन खेलमा नेपालले जितको लागि उनी निर्णायक बने । म्यान अफ दि म्याचको हकदार समेत भए । दोस्रो खेल नेपालले ओमान विरुद्ध खेल्यो । ओमान विरुद्ध सन्दीपले दश ओभर बलिङ गरे । २९ रन खर्चिए । हातमा केवल २ विकेट मात्रै प¥यो । उनले दुई विकेट लिएको खेलमा नेपाल भने ४ विकेटले पराजित भएको थियो ।
तेस्रो खेल नेपालले युएईसित खेल्यो । पानीले ढिलो गरी शुरु भएको खेल केवल ३४ ओभरमा खेलाईएको थियो । सन्दीपले ७ ओभर बलिङको मौका पाए । १ मेडन राखे । ३० रन दिदैं ३ विकेट लिन सफल भए । तर उनको सबैभन्दा उत्कृष्ठ प्रदर्शन भने केन्या विरुद्ध रह्यो । १० ओभर बलिङ गर्दा ५ मेडन नै राखे । महत्वपूर्ण विकेट लिने क्रममा उनले ५ विकेट लिए । रन भने उनले २० मात्रै दिए । क्यानडासँगको लिगचरणको अन्तिम खेलमा भने सन्दीपले दुई विकेट मात्रै हात पारे । युएईसँगको फाईनल खेलमा भने सन्दीपले १ विकेट मात्रै लिए । उत्कृष्ठ खेलाडीको रुपमा आफुलाई प्रष्ट्याए । जसले उनलाई आईपिएलमा आफनो खेल देखाउने अवसर पाउने आशा र विश्वास क्रिकेट प्रेमीले गरेका छन् ।
तस्वीर रमन शिवाकोटी


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…