
धन बस्नेत (खेलाडी न्युज)—उत्कृष्ठ बलिङ प्रेरित नेपालले लिग डिभिजन १ मा उक्लिदैं आईसिसी विश्वकप क्रिकेट छनोटमा आफनो सहभागिता जनाएको छ । तर नेपालले विश्वकप छनोटको लागि प्रभावशाली प्रदर्शन गर्न निकै गहन प्रशिक्षणको खाँचो छ । त्यसको लागि टोली नेपाल फर्किने वित्तिकै आन्तरिक तयारीको लागि गृहकार्य थाल्नुपर्ने खाँचो क्रिकेट प्रेमीले देखेका छन् । कमजोर व्याटिङलाई माथि उठाउनुपर्ने अत्यावश्यक छ ।
नेपालले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने छ । छनोटमा जिम्बावे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अफगानिस्तान र हङकङ बाहेक नेपालको लागि अरु तीन देश क्रिकेटको लागि भने नयाँ हुने छन् । विश्वकपमा दश देशले सहभागिता जनाउने छन् । आठ टेष्ट राष्ट्र र बाँकी २ देश भने छनोट हुदैं विश्वकप २०१९ मा सहभागिता जनाउने छन् । नेपाल समूह बीमा परेको छ । समूह ए र समूह बीको विजेताले मात्रै विश्वकपमा स्थान बनाउने छ ।
नेपालले आउँदो फेब्रुअरी २७ मा युएईसँग वार्मअप खेल खेल्ने छ । नेपालले मार्च १ मा बेष्ट इण्डिजसँग वार्मअप खेल खेल्ने छ । दुई पटकको च्याम्पियन समेत भईसकेको वेष्ट इण्डिज नेपाली टोलीको लागि नयाँ हुने छ । जुन नेपाललाई अनुभव सगाँल्ने अवसर समेत हुने छ । वेष्ट इण्डिजले सन १९७५ र १९७९ मा दुई पटक क्रिकेट विश्वकप जितेको छ । वेष्ट इण्डीजले सन १९७५ मा अष्ट्रेलियालाई पराजित गर्दै च्याम्पियन बनेको हो भने १९७९ मा भने इग्ल्याण्डलाई पराजित गरेर उपाधि उचालेको थियो । टी—२० विश्वकप भने २ पटक जितेको छ । २०१२, २०१६ जितेको आईसिसीको तथ्यांकमा छ । त्यस्तो टोलीसँग नेपालले दोस्रो वार्मअप खेल खेल्दै निखारिने कोशिसमा जुट्ने छ ।
नेपालले मार्च ४ मा जिम्बावेसँग खेल्ने छ । सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ । नेपाल स्कटल्याण्डसँग ८ मार्चमा प्रतिस्पर्धा गर्ने छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । स्कटल्याण्ड पनि नेपाली टोलीको लागि नयाँ हुने छ ।
नेपालले अर्को खेल अफगानिस्तानसँग मार्च १० मा खेल्ने छ । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२०मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो । केन्यालाई पराजित गर्दै २०१५ को क्रिकेट विश्वकपमा छनोट भएको हो । २०१५ को विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो ।
नेपालले विश्वकपको अन्तिम छनोट खेल मार्च १२ मा हङकङसँग खेल्ने छ । नेपाल र हङकङ बीच धेरै पटक आमने सामने भईसकेका छन् । २०१० को एशियन गेम्समा नेपाल ३० रनले पराजित भएको थियो । २०११ को एसिसी टी—२० क्रिकेटमा नेपालले हङकङलाई २ विकेटले पराजित गरेको थियो । एजेन्सीको सहयोगमा


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…