
एजेन्सी—रियल मड्रिडले म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई भित्रयाउने चाहना राखेको छ । पाँच वर्षे सम्झौतामा रहेका पउल पोग्बाको अझै युनाईटेडसँग तीन वर्ष बाँकी छ । यद्यपी रियलले पोग्बालाई अर्को सिजनमा बर्नबेउ भित्रयाउन आन्तरिक गृहकार्य गरिरहेको छ । पोग्बालाई भित्रयाउन रियलले १२० मिलियन पाउण्डको प्रस्ताव गर्ने राख्ने जनाएको छ ।
युनाईटेड व्यवस्थापक जोसे मोरिन्होले पोग्बालाई युभेन्ट्सबाट युनाईटेड भित्र्याएका थिए । उनलाई युनाईटेडले ८९ मिलियन पाउण्ड खर्च गरेको थियो । पाँच वर्षको लागि भित्रिएको पोग्बाको अझै तीन वर्ष सम्झौता छ । युनाईटेडले प्रिमियर लिगमा खासै प्रभाव देखाउन सकिरहेको छैन् । उता रियलले पनि ला लिगामा भने बार्सिलोना भन्दा धेरै नै पछाडि परेको अवस्था छ । त्यसैले अर्को सिजन उत्कृष्ठ बनाउने उद्देश्य राख्दै पोग्बालाई भित्रयाउने तयारी योजना बनाएको हो । २४ वर्षिय फ्रान्सेली प्लयेर पोग्बाले गत सिजन दुई ट्रफी जितेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…