सिजनको पहिलो उपाधि उचाल्दा ग्वार्डिओलाले किर्तिमानी बनाउने सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


एजेन्सी—पेप ग्वार्डिओलाले सिजनको पहिलो उपाधि उचाल्ने लक्ष्यमा छन् । बुण्डेसा र ला लिगामा उपाधि उचाल्दै आफनो प्रशिक्षकत्व कायम राखेका ग्वार्डिओलाले इग्ल्याण्डमा भने प्रिमियर लिगको पहिलो उपाधि उचाल्ने लक्ष्यमा छन् । जुन लक्ष्य पुरा हुन अब केही समय मात्रै बाँकी छ । उपाधि मात्रै होईन म्यानचेष्टर सिटी लिग च्याम्पियन बनाउन केही रेकर्ड समेत बन्ने सम्भावना छ । केही रेकर्ड भने अहिले नै बनिसकेको अवस्था छ । उनी प्रिमियर लिगमा केही किर्तिमानसहित उपाधि उचाल्न चाहन्छन् । के सम्भव छ त ? प्रिमियर लिगको २७ खेलको समीकरण पुरा भईसकेको छ । २७ खेलबाट ७२ अंक जोडेको छ सिटीले । २७ मध्ये सिटीले २३ खेल जितेको छ । ३ खेल बराबरी खेल्यो । र केवल एक खेल मात्रै गुमायो । केही अपवाद बाहेक सिटीले सिजनको अन्त्य भने १३ वटा रेकर्ड बनाउने सम्भावना देखिन्छ ।

फराकिलो अंकको अन्तरमा उपाधि—सिटीले सिजनको उपाधि उचाल्ने लक्ष्य छ । लिगमा १६ अंकको अग्रता लिईसकेको छ । म्यानचेष्टर युनाईटेडले सन १९९९—२००० मा सिजनको उपाधि उचाल्दा दोस्रो स्थानमा रहेको आर्सनललाई १८ अंकको फरक पारेको थियो । जुन रेकर्ड तोड्न सिटीलाई केवल दुई अंकले मात्रै पछि छ । सम्भवत अब सिटीले म्यानचेष्टर डर्बीमा १९ अंकको अग्रता लिदैं उपाधि उचाल्ने सम्भावना बढ्दै गएको छ ।
सिजनमा अधिक अंक— जोसे मोरिन्होले सन २००४—०५ मा चेल्सीलाई उपाधि दिलाउँदा ९५ अंक थियो । जुन औसत २ दशमलव ५ अंक प्रति खेल थियो । तर अहिले सिटीले २७ खेलबाट ७२ अंक जोडिसकेको छ । त्यसलाई आधार मान्ने हो भने औसत प्रति खेल अंक २ दशमलव ७ हुन्छ । अब २४ अक आवश्यक छ केवल ११ खेलबाट । जुन सम्भव हुन सक्छ ।
सिजनमा अत्याधिक टिम गोल—चेल्सीले १०३ गोल गरेको छ । जुन औसत प्रति खेल गोल भने २ दशमलव ७ छ । तर सिटीले २७ खेलमा ७९ गोल गरिसकेको छ । त्यसलाई प्रतिखेलको अनुपातमा ढाल्दा २ दशमलव ९ हुन आउँछ । यसले पनि यो किर्तिमानलाई तोड्ने सम्भावना निकै प्रवल छ ।
सिजनमा धेरै जित—गत वर्ष एन्टेनियो कोन्टेको प्रशिक्षकत्वमा रहेको चेल्सीले ३८ खेलमा ३० खेल जितेको इतिहास छ । यसलाई प्रतिशतमा लैजादाँ ७९ प्रतिशत हुन आउँछ । तर सिटीले २७ खेलमा २३ खेल जितेको छ । जसको औसत जितको प्रतिशत ८५ प्रतिशत छ । यदी सिटीले ११ खेलमा ८ खेल जितेको अवस्थामा नयाँ किर्तिमान बन्ने छ ।
लगातार जित—सन २००१—०२ मा आर्सनल र सन २०१६—०१७ मा चेल्सीले १३ खेल लगातार जितेको इतिहास छ । तर सिटीले जितको श्रृखंलालाई १८ खेलसम्म बढाईसकेको छ ।
सिजनको अवे खेलमा जित—सन २००४—०५ मा जोस मोरिन्होले चेल्सीलाई १९ खेलमा १५ खेल जितेको तथ्यांक छ । तर सिटीले १३ मध्ये १० खेल अवेमा जितिसकेको छ । आर्सनल, टोटनह्याम र एर्भटनसँगको खेलमा सिटीले अवे खेलमा जित निकालिसकेको छ । त्यसैले यो किर्तिमान सिटीले बनाउने सम्भावना रहेको छ ।
सिजनको होममा जित—चेल्सीले २००५—०६ र म्यानचेष्टर युनाईटेडले २०१०—११ मा र सिटीले २०११—१२ मा १९ खेलमध्ये १८ खेल प्रिमियर लिगको खेल घरेलु मैदानमा जितेका छन् । घरेलु मैदानमै एभर्टनसँग इत्तिहाड रंगशालामा १—१ बराबरी खेलेको थियो । यद्यपी किर्तिमानको अवसर भने बन्ने सम्भावना छ ।
बलमाथिको नियन्त्रण—बलमाथिको नियन्त्रणमा पनि चेल्सीले प्रिमियर लिगमा कायमै राखेको छ । बलमाथिको नियन्त्रणलाई पछाडि फर्के हेर्ने हो भने सन २०१०—११ मा ६४ प्रतिशत थियो । तर यो किर्तिमानलाई पेप ग्वार्डिओलाले उछिनेका छन् । प्रिमियर लिगमा उनले सम्हालेको सिटीको बलमाथिको नियन्त्रण ७१ प्रतिशत छ ।
सिजनमा अधिक पास—तथ्यांकलाई अध्ययन गर्दा सन २०१०—११ को सिजन फर्केर हेर्नुपर्छ । पेप ग्वार्डिओलाको पहिलो सिजनमा सिटीले २०,५०६ पास पुरा गरेको छ । जुन औसत ८४ प्रतिशत हो । यो सिजनमा १८१३६ पास पुरा गरेको छ । प्रति खेलमा ६७२ पास भएको तथ्यांक छ । मार्चमा यो तथ्यांकमा किर्तिमान कायम गर्ने सम्भावना छ । पास कम्प्लिटको औसत ८७ प्रतिशत पुग्ने सम्भावना छ ।
प्रिमियर लिगमा व्यवस्थापक अफ दि मन्थ अवार्ड—पेप ग्वार्डिओलाले चार पटक सफल व्यवस्थापकबाट सम्मानित भईसकेका छन् । जुन रेकर्ड चेल्सीका एन्टेनियो कोन्टेसँग नाममा थियो । पछिल्लो समय डिसेम्बरमा सफल व्यवस्थापकबाट सम्मानित भएपछि ग्वार्डिओलाले यो उपलब्धी हासिल गरेका हुन् ।
गोलको अवसर सृजना—थिएरी हेनरीले आर्सनलमा रहँदा २० वटा गोलको अवसर सृजना गरेको रेकर्ड छ । सन २००२—०३ मा बनाएका थिए । त्यो रेकर्डको नजिकमा छन सिटीका केभिन डी बु्रने । १४ असिष्ट गरिसकेका छन् । अझै ११ खेल बाँकी छ । जुन किर्तिमानी हुने सम्भावना देखिन्छ । तस्वीर— एजेन्सी