
पोखरा(खेलाडी न्युज)— विश्वकप क्रिकेट लिग डिभिजन १ मा नेपाललाई उकाल्न महत्वपूर्ण योगदान दिएका क्रिकेटर करण केसीलाई बुधबार मदन भण्डारी स्पोर्टस एकेडेमीले नगद हस्तान्तरण गर्दै सम्मान गरेको छ ।
विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको अन्तिम खेलमा चमात्कारिक व्याटिङ गर्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका २६ वर्षिय करणलाई नगद १५ हजारसहित सम्मान गरिएको हो । स्पोर्टस एकेडेमी प्रदेश नं ४ का इन्चार्ज राजेश गुरुङले नगद हस्तान्तरण गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममै गुरुङले करणलाई नगद हस्तान्तरण गरेका थिए ।
गुरुङ राष्ट्रिय खेलकुद परिषदका पुर्व केन्द्रीय सदस्य समेत हुन् । गुरुङले केहीदिनपछि जिम्बावेमा हुने विश्वकप छनोटको लागि प्रस्थानको तयारी गरिरहेको करणलाई अझ उत्कृष्ठ प्रदर्शन दोहो¥याउन शुभकामना समेत दिए । करणले सम्मानपछि खेलकुदले गरेको सम्मानले हौसला र प्रेरणा मिलेको बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…