
एजेन्सी—रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोलाई आज राती लेगानेससँगको खेलमा आराम दिईएको छ । च्याम्पियन्स लिगलाई लक्षित गर्दै प्रशिक्षक जिनेदिन जिदानले उनलाई लेगानेससँगको खेलमा विश्राम लिने जनाएका छन् । मड्रिडले दोस्रो लेग फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग दोस्रो लेग आगामी मार्च ६ मा खेल्ने छ । च्याम्पियन्स लिगको खेलमा फिटनेसप्रति समस्यालाई ध्यानमा राख्दै खेलमा विश्राम दिईएको हो ।
गत हप्ता मात्रै रियल मड्रिडले पहिलो लेगमा ३—१ ले जित्दैं च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको तयारीमा छ । टोनी क्रसको घुडाँमा समस्या, मार्सेलोको पिडौंलाको समस्या र लुका मड्रिक पनि पिडौंलाको समस्याले ग्रसित छन् । यस्तो जटिल परिस्थितिमा रोनाल्डो पनि फिटनेसको समस्या हुने त्रासले रोनाल्डोलाई विश्राम दिनुपर्ने प्रशिक्षक जिदानको ठम्याई छ । बर्तमान अवस्थामा तीन जना खेलाडी फिटनेसमा समस्या रहेकोले पेरिस यात्रा पुर्व नै फिटनेस हुने अपेक्षा गरिएको छ । गोलकिपर केयलोर नाभास समेत रियल मड्रिडको टिममा समावेश हुने छैनन् ।
मड्रिडबाट थियो हर्नान्डेज, करिम बेन्जिमा, ईश्को, राफल भराने पहिलो रोजाईमा खेल्ने छन् । ला लिगामा मड्रिड दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिड भन्दा सात अंक र बार्सिलोना भन्दा १४ अंकले पछाडि छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…