बसन्त, सागर, आरिफ र करण डिपिएल अक्सनमा सर्वाधिक महंगा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—घरेलु क्रिकेटलाई प्रवद्र्धन गर्ने लक्ष्य र उद्देश्यसहित आयोजित धनगढी प्रियिर लिग क्रिकेट(डिपिएल)को खेलाडी अक्सन बुधबार सकिएकोछ । बुधबार भएको अक्सनमा महेन्द्रनगर युनाईटेडले ९ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ । आफना १२ खेलाडीको लागि उसले त्यति रकम खर्च गर्दा ज्ञानेन्द्र मल्ल कप्तानी रहेको काठमाडौं गोल्डेन्सले ८ लाख ३५ हजार मात्रै खर्च गर्यो । रुपन्देही च्यालेन्जर्सले ८ लाख ७० हजार खर्च गर्दा १२ जना खेलाडीको लागि चौराहा धनगढीले ७ लाख ५५ हजार र सिवाईसि अत्तरियाले ७ लाख २० हजार सबैभन्दा कम खर्च गरेको छ । तर सबैभन्दा बढी रकम भने विराटनगर किग्सले खर्च गरेको छ । विराटनगरले खेलाडीको लागि ९ लाख ९५ हजार खर्च गरेको छ ।

विराटनगर किग्सले बसन्त रेग्मीलाई १ लाख ५० हजारमा किन्यो । पृथु बास्कोटालाई भने १ लाख २० हजारको बोली लगायो । पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलिप नाथ, अनिलकुमार शालाई जनही १ लाख रुपैयाँ खरीद गर्यो । पुरन विक, अभिनाश बोहरालाई समान ५० हजार, मन्जित श्रेष्ठलाई ७५ हजार र सुबोध ऐर र फिरतोस अन्सारीलाई २५—२५ हजारमा किन्दै टोलीमा भित्रयायो । त्यस्तै अत्तरियाले भने कुशल भुर्तेल र कृष्ण कार्कीलाई सबैभन्दा महंगो मूल्य १ लाखमा खरीद गर्यो । सुवास खकुरेल भने ८० हजारमा बिके, सुर्वाणकर उराअ भने ८५ हजारको मूल्य तोकियो । सन्दीप जोरा ९० हजार, प्रेम तामाङ, कमलसिंह ऐरी र विनोद लामा भने ५५ हजारको मूल्य लाग्यो । सागर भण्डारी र भुवन केसी, रोमन बम तथा आकाश थापालाई समान २५ हजारमा किन्दै अत्तरियाले टोलीमा राख्यो ।

चौराहाले योगेन्द्रसिंह कार्की, ललित भण्डारी, सोनु तामाङ, सुनिल धमलालाई सर्वाधिक रकम तिर्यो । उनीहरुलाई प्रति खेलाडी १ लाख रुपैयाँको बोली लगायो । राजेश पुलामीले ८० हजार, त्यसपछि शंकर राना र रविन्द्रसिंह शाहीलाई समान ५५ हजार रुपैयाँमा खरीद गरेको छ । राजु रिजाललाई ५० हजार तिर्दा आशु काण्डोईलाई ३०, महेश अधिकारीलाई २५ हजार रुपैयाँ खर्च गर्दै टोलीमा समावेश गरेको छ ।

भर्खरै मात्रै क्यानडा विरुद्ध उत्कृष्ठ प्रदर्शन गरेका करण केसी सर्वाधिक महंगा खेलाडीमा विक्री भए । उनलाई महेन्द्रनगर युनाईटेडले १ लाख ५० हजारको बोली लगायो । त्यस्तै मोहम्मद आरिफ शेखलाई पनि उत्तिकै मूल्य तिर्यो । भुवन कार्कीलाई १ लाखमा खरीद गर्दा रोहित कुमार पौडेललाई पनि १ लाखमा खरीद गरे । अविनाश कर्णलाई ८० हजारको खरीद गर्दै टोलीमा समाहित गर्दा हरिशंकर शा भने ९५ हजारमा महेन्द्रनगर युनाईटेडमा समाहित हुन पुगे । प्रनित थापा मगरलाई ६५ हजार, आशिफ शेखलाई ५५ हजार, अरुण ऐरलाई ४५ हजार, रोविन क्षत्री, दिपेन्द्र चन्द, नारायण जोशीलाई २५ हजारमा विक्री भइका छन् ।

काठमाडौं गोल्डेन्सले सबेभन्दा बढी बोली नरेश बुढाऐरलाई लगायो । उनलाई १ लाख २० हजार, जिम्बावेमा हुने विश्वकप छनोटमा पहिलो पटक राष्ट्रिय टोलीमा परेका ललित राजबंशीलाई पनि १ लाख रुपैयाँ तिरेको छ । अमित श्रेष्ठ र साहब आलमलाई पनि १ लाख रुपैयाँ तिरेको छ । सन्तोष भट्टलाई ९५हजारको बोली लगाईयो भने रसिद खान, पुष्प थापालाई ५५ हजार, विक्रम ठगुन्न, सन्जय बस्नेत सबैभन्दा कम २५ हजार र सन्जय श्रेष्ठ र भुपेन्द्र थापालाई भने ३० हजार समान मूल्यमा खरीद भए ।

रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारको मूल्य तोक्दै आफनो टोलीमा ल्यायो । विक्रम भुषाल, सुशान भारी र सिद्धान्त लोहनीलाई १—१ लाख तिर्दै टिममा भित्रयाएको छ । प्रदीप ऐरीलाई ८० हअजार र जितेन्द्र मुखियालाई ९० हजारमा विक्री भए । मोहम्मद सोनु अन्सारी, अमरसिंह रौतेला, दिपेश श्रेष्ठको मूल्य भने ५० हजार तोकियो । कुशल मल्ललाई ५५ हजार, विपिन खत्री ३० हजार र प्रकाश जैसीलाई अक्सनै सबैभन्दा कम १५ हजारको बोली लाग्यो ।