
पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालामा आयोजित प्रदेशस्तरीय महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको पहिलो दिन प्रदेश नं ४ ले सात विकेटले पराजित गर्दै टी—२० को सिरिज १—० अग्रता लिएको छ । टस जितेर व्याटिङ गरेको प्रदेश नं १ ले १०८ रन बनाएको थियो । २० ओभरमा वि३ दिपेश गुरागाँईले ४ चौका र विमलार राईको ३६ रनको महत्वपूर्ण योगदान रह्यो । प्रदेश नं ४ की बलर वि१ रिता थापाले २, बी३ बलर भगवती भट्टराईले २ र वि२ भगवती अम्गाई र सरिता घिमिरेले १—१ विकेट लिन सफल भईन् ।
१०९ रनको लक्ष्यलाई प्रदेश नं ४ ले ३ विकेटको क्षतिमा पुरा गर्दै सिरिजमा अग्रता कायम ग¥यो । बी३ विनिता पुनले २४ बलमा ५ चौकाको मद्दतमा ४१ रनको इनिङ खेल्दै जितको आधार तयार पारिन् । भगवती अम्गाईको २२ रनको योगदानमा केवल १३ ओभरमै तीन विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । विनिता पुन म्याच अफ दि वुमन घोषित भईन् । नेत्रहीन क्रिकेट संघको आयोजना र विलिस फाउण्डेशन फिनल्याण्डको सहयोगमा आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो खेल मंगलबार हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…